• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते



विराटनगर, भदौ २१ । यात्रुबाहक बसको ठक्करबाट मोरङमा आइतबार साँझ एक स्कुटरचालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४३१४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको मे ६ प ६९२६ नम्बरको स्कुटरलाई केरौनमा ठक्कर दिँदा धरान–१० बस्ने विकास ताम्राकारको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोही स्कुटरमा सवार ताम्राकारकी पत्नी २५ वर्षीया अञ्जना र १७ वर्षीया बहिनी साइना गम्भीर घाइते भएक छन् ।

घाइतेद्वयलाई उपचारका लागि विराटनगर ल्याइएको छ र बससहित चालकलाई इलाका प्रहरी कार्यालय, पथरीमा राखिएको छ ।