२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

नेपाली महिला तस्करीमा साउदी कूटनीतिक अधिकारी संलग्न

नेपाली महिला तस्करीमा साउदी कूटनीतिक अधिकारी संलग्न
अ अ+ अ-

फोटो: एजेन्सी

काठमाडौं, भदौ २२ । दुई नेपाली महिला दिल्लीस्थित साउदी अरेबियाको दूतावासका कूटनीतिक कर्मचारीको प्रत्यक्ष संलग्नतामा दुई नेपाली महिला पाँच महिनायता शारीरिक शोषण बेहोर्न बाध्य भएको उजुरीका आधारमा भिसा सेक्सनका काउन्सेलर तहका कर्मचारी छानबिनमा परेका छन् ।

हरियाणा, गुडगाउँको कैट्रोना कम्प्लेक्समा बस्ने ती कर्मचारीले आफूहरूलाई घरमा बन्दीसरह राख्दै अतिथिलाई जबर्जस्ती यौनकर्ममा लगाउने गरेको बागलुङ र मोरङका पीडित महिलाले बयान दिएका छन् ।

माइती इन्डियामार्फत स्थानीय प्रहरीमा दर्ता भएको उजुरीका आधारमा प्रहरीले सोमबार दिउँसो दुवै महिलालाई कैट्रोना कम्प्लेक्स, ई–ब्लकबाट उद्धार गर्दै गुडगाउँ, फेज ३ को चौकीमा ल्याएको थियो ।

यो घटनाबारे नेपाली दूतावासमा जानकारी गराउने माइती इन्डियाका संस्थापक बालकृष्ण पाण्डेका अनुसार साउदी अरेबिया दूतावासका भिसा मामला हेर्ने काउन्सेलरमाथिको उजुरीमा कूटनीतिक र राजनीतिक तवरमा छानबिन हुने भएकाले तत्काल कारबाहीकै तहमा यो मामिला अघि बढिहाल्ने स्थिति भने छैन ।

‘प्रहरीमा काउन्सेलरसहितको नाममा प्रथम सूचनापत्र (एफआईआर) दर्ता गर्ने काम भइसकेको छ’–नेपाली कांग्रेसको भ्रातृ संगठन जनसम्पर्क समितिका अध्यक्षसमेत रहेका पाण्डेले भने–‘तर कूटनीतिक तहमा पुगेको संवेदनशील विषय भएकाले यौन दुष्कर्म, मानव तस्करी वा कुन शीर्षकमा मुद्दा चलाउने भन्ने विषयमा अहिले परामर्श भइरहेको छ ।’

मानव तस्करीको सन्जालबाट बर्दिया–राजापुर हँुदै गाडीको बाटोबाट ५ महिनाअघि दिल्ली ल्याइएकी मोरङकी महिलाले आफूसहित बागलुङकी महिलालाई दिल्लीबाट एक महिनाका लागि साउदी अरेबिया लगिएको जानकारी दिएका समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

उनका अनुसार, साउदीमा पनि घरभित्र थुनेर यौन दुष्कर्म गर्न लगाएको र अत्यास लागेर रुवाबासी गर्दा गुडगाउँ ल्याएर फेरि कैदीसरह घरमा राखिएको थियो । माइती इन्डियाले नेपाली दूतावासमा दिएको सूचनाअनुसार यी नेपाली महिलाको नामथरसँग उनीहरूको पासपोर्ट विवरण पनि नमिल्दो छ ।

‘मेरा घरमा शारीरिक अशक्त श्रीमान् छन्, स–साना २ छोराछोरी छन् । काठमाडौंकी एकजना चिनारु एजेन्ट दिदीले घरेलु काममा महिनाको १ हजार साउदी रियाल तलब दिने भनेपछि घर सल्लाहमै विदेश हिँडेकी हुँ’–बागलुङकी महिलाले भनिन् । उनले दिल्ली आउने क्रममा एजेन्टलाई दिन र अरू पासपोर्टको काममा मात्रै १ लाख रुपैयाँ खर्च भइसकेको बताइन् ।

तर, बितेको ५ महिनामा एक रुपैयाँ पनि तलब नपाएको उनले सुनाइन् । उनका अनुसार काठमाडौंकी कल्पना नामकी एजेन्टले आफूहरूलाई दिल्लीसम्म आउने प्रबन्ध मिलाएको र दिल्लीमा अनवर नामका एजेन्टले साउदी अरेबियाका मालिकको घरमा पु¥याएका थिए ।

मोरङकी ५० वर्षीया महिलाका चार छोराछोरी र २ नाति–नातिना गाउँमा छन् । श्रीमानले अर्कै विवाह गरेर हिँडेपछि आफूखुसी विदेशमा कमाइमा हिँडेकी उनले यस्तो विपत्ति आइपर्ला भन्ने सपनामा पनि नसोचेको बताइन् ।

‘न दिनमा खान पाइन्थ्यो, न रातमै सुत्न पाइन्थ्यो’–उनले रुँदै सुनाइन्– ‘त्यही भएर त्यहीं साउदीको घरमा काम गर्ने एकजना दार्जिलिङकी बहिनीलाई सबै कुरा सुनाएर उनैमार्फत आज प्रहरीमा आएका हौं ।’

पाण्डेका अनुसार, गुडगाउँ प्रहरीको बयान र प्रारम्भिक कानुनी कामकारबाही पूरा गर्नासाथै सोमबार रातिबाटै माइती इन्डियाको जिम्मेवारीमा दुवै महिला आश्रयस्थलमा रहनेछन् ।

दिल्ली ट्रान्जिट हुँदै भइरहेको मानव तस्करी र नेपाली महिला बेचबिखनको पछिल्लो घटनाका रूपमा दर्ता भएको कूटनीतिक संलग्नताको यो घटनाबारे नेपाली दूतावासले विदेश मन्त्रालयलाई पत्राचार गरिसकेको काउन्सेलर राजेन्द्रमान श्रेष्ठले बताए ।