३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाको कमीले दक्ष जनशक्तिको अभाव : राष्ट्रपति



अ+ अ-

काठमाडौं, भदौ २२ । राष्ट्रपति डा. रामवरण यादवले गुणस्तरीय शिक्षामा सबैको पहुँच पुर्‍याउन, विद्यालय बाहिरका धेरै बालबालिकालाई विद्यालय ल्याउन तथा विद्यालयमा भर्ना भएकालाई टिकाउन अझै धेरै प्रयासको खाँचो औंल्याएका छन् ।

फोटोः रासस ।

३६औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित नेपाल विद्याभूषण र नेपाल छात्रा विद्यापदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गुणस्तरीय र व्यावसायिक शिक्षाको कमीले मुलुकमै पनि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै राष्ट्रपति डा. यादवले रोजगारीका लागि अन्तर्राष्ट्रिय बजारमा पुगेका अदक्ष कामदारले कम ज्यालामा जोखिम र कठिन काम गर्नुपरिरहेको बताए ।

‘समाज र राष्ट्रको रुपान्तरण एवम् विकास गर्न र विनाशकारी भूकम्पबाट शैक्षिक क्षेत्रमा भएको अपूरणीय क्षतिको पुनर्निर्माण र पुनःस्थापना गरी युग सुहाउँदो शैक्षिक विकासका माध्यमबाट समृद्ध राष्ट्र निर्माणका लागि सबै पक्ष र साझेदार समेतको सहकार्य हुन जरुरी छ’–राष्ट्रपति यादवले भने ।

नेपालको संस्थागत विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारको माग र आवश्यकतालाई सम्बोधन गर्नसक्ने दक्ष एवं उत्पादनशील जनशक्ति विकासका लागि सबै तहमा गुणस्तरीय शिक्षाको समतामूलक पहुँच सुनिश्चित गर्नु आजको अपरिहार्य आवश्यकता भएको उनले उल्लेख गरे ।

स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट लिइएका विभिन्न संकाय र तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने क्रममा विद्यार्थीले प्राप्त गरेको ज्ञान, सीप र विज्ञता समृद्ध नेपाल निर्माणमा खर्च गर्न उनले सुझाव दिए । रासस