• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   आगलागीबाट ७९ घर जले, एकको मृत्यु ★   नेपाल र कतारबीचको समझदारी ऐतिहासिक छन्: राजदूत डा ढकाल (अन्तरवार्ता) ★   जुम्लामा स्याउ फुल्न थालेपछि बगैँचा सेताम्मे ★   कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’: ‘माइण्ड ब्लोइङ’ ★   कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा ★   ओलाङ्चुङगोला पुग्न सहज ★   शाहरुखको बारेमा मनिषाले भनिन्– ठूला स्टार भए पनि घमण्ड थिएन, भुइँमा बसेर चिया पिउँथे ★   उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट अनुमति ★   नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन: उर्जामन्त्री बस्नेत ★   आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति

मातृभाषा पाठ्यक्रम प्रभावकारी हुन सकेन



पाँचथर, भदौ २४ । । जिल्लामा लागू गरिएको मातृभाषा पाठ्यक्रम प्रभावकारी हुन नसकेको पाइएको छ । हाल जिल्लामा तीनवटा मातृभाषामा पठनपाठन हुने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

कार्यालयका शाखा अधिकृत युगमणि सवेहाङ भन्छन्, ‘यस पाठ्यक्रमका लागि भिन्नै शिक्षक दरबन्दी नभएकाले पनि समस्या भएको हो, नागरिकले चाहेमा मातृभाषा पढ्न पाउने प्रावधान रहेकाले उनीहरुको आवश्यकता र मागअनुसार मातृभाषाका पाठ्यक्रम लागू गर्दै आएको छ ।’

सबै भाषाभाषीका विद्यार्थीले मातृभाषामा पढ्न पाउनु उनीहरुको अधिकार भएको भन्दै सवेहाङले मातृभाषा पाठ्यक्रम लागू गर्ने विषयमा पनि समुदायका अभिभावकबीच विवाद हुने गरेको बताए । यसले गर्दा जिल्लाका केही विद्यालयमा सञ्चालन रहेका मातृभाषाका पाठ्यक्रम रोकिने गरेको पनि उनको भनाइ छ ।

सबैभन्दा बढी लिम्बू भाषाको आनिपान जिल्लाका ७१ वटा विद्यालयमा राई भाषाको पाठ्यक्रम ६ र सबैभन्दा कम तामाङ भाषाको पाठ्यक्रम भने एउटा विद्यालयमा पढाइ भएको शाखा अधिकृत सवेहाङले जानकारी दिए । जिल्लामा अन्य मातृभाषी समुदाय भए पनि उनीहरुबाट पाठ्यक्रमको माग नआएकाले ती पाठ्यक्रम प्रयोगमा आउन नसकेका सवेहाङको भनाइ छ ।

प्रत्येक वर्षको शैक्षिकसत्रमा विद्यालयले मातृभाषाको पाठ्यक्रम लागू गर्ने र लागू भएका पाठ्यक्रम अभिभावकबीचको विवाद र विद्यालयको व्यवस्थापकीय पक्षको समस्याका कारण पठन बन्द हुने गरेकाले यो वर्ष जिल्लाका कति वटा विद्यालयमा मातृभाषा पाठ्यक्रम लागू भइरहेका छन् भन्ने यकिन तथ्यांक कार्यालयसँग नभएको भन्दै उनले तत्कालै स्रोतव्यक्तिमार्फत तथ्यांक संकलन गरिने बताए । रासस