३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

मातृभाषा पाठ्यक्रम प्रभावकारी हुन सकेन

मातृभाषा पाठ्यक्रम प्रभावकारी हुन सकेन
अ+ अ-

पाँचथर, भदौ २४ । । जिल्लामा लागू गरिएको मातृभाषा पाठ्यक्रम प्रभावकारी हुन नसकेको पाइएको छ । हाल जिल्लामा तीनवटा मातृभाषामा पठनपाठन हुने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

कार्यालयका शाखा अधिकृत युगमणि सवेहाङ भन्छन्, ‘यस पाठ्यक्रमका लागि भिन्नै शिक्षक दरबन्दी नभएकाले पनि समस्या भएको हो, नागरिकले चाहेमा मातृभाषा पढ्न पाउने प्रावधान रहेकाले उनीहरुको आवश्यकता र मागअनुसार मातृभाषाका पाठ्यक्रम लागू गर्दै आएको छ ।’

सबै भाषाभाषीका विद्यार्थीले मातृभाषामा पढ्न पाउनु उनीहरुको अधिकार भएको भन्दै सवेहाङले मातृभाषा पाठ्यक्रम लागू गर्ने विषयमा पनि समुदायका अभिभावकबीच विवाद हुने गरेको बताए । यसले गर्दा जिल्लाका केही विद्यालयमा सञ्चालन रहेका मातृभाषाका पाठ्यक्रम रोकिने गरेको पनि उनको भनाइ छ ।

सबैभन्दा बढी लिम्बू भाषाको आनिपान जिल्लाका ७१ वटा विद्यालयमा राई भाषाको पाठ्यक्रम ६ र सबैभन्दा कम तामाङ भाषाको पाठ्यक्रम भने एउटा विद्यालयमा पढाइ भएको शाखा अधिकृत सवेहाङले जानकारी दिए । जिल्लामा अन्य मातृभाषी समुदाय भए पनि उनीहरुबाट पाठ्यक्रमको माग नआएकाले ती पाठ्यक्रम प्रयोगमा आउन नसकेका सवेहाङको भनाइ छ ।

प्रत्येक वर्षको शैक्षिकसत्रमा विद्यालयले मातृभाषाको पाठ्यक्रम लागू गर्ने र लागू भएका पाठ्यक्रम अभिभावकबीचको विवाद र विद्यालयको व्यवस्थापकीय पक्षको समस्याका कारण पठन बन्द हुने गरेकाले यो वर्ष जिल्लाका कति वटा विद्यालयमा मातृभाषा पाठ्यक्रम लागू भइरहेका छन् भन्ने यकिन तथ्यांक कार्यालयसँग नभएको भन्दै उनले तत्कालै स्रोतव्यक्तिमार्फत तथ्यांक संकलन गरिने बताए । रासस