३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

‘सरकार बाटो बनाइदेउ, झुप्रो हामी बनाउँछौँ’

‘सरकार बाटो बनाइदेउ, झुप्रो हामी बनाउँछौँ’
अ+ अ-

गोरखाबजार, भदौ २४ । सडकको स्तरोन्नति गरेपछि मात्रै पुनःनिर्माणको काम सुरु गर्नुपर्ने गोरखा बारपाकका भूकम्पपीडितले माग गरेका छन् ।

पुनःनिर्माणका लागि सामग्री ढुवानी गर्न स्तरीय मोटरबाटोको आवश्यकता परेको बारपाकीको भनाइ छ । एकाउन्न किलोमिटर कच्ची सडकलाई थप स्तरोन्नति गरेर पक्की बनाउनुपर्ने उनीहरुको माग छ ।“अवरुद्ध पहिरो पन्छाएर मात्रै पुग्दैन,” स्थानीयवासी खेमराज घलेले भन्नुभयो – “बर्खामा पनि अवरुद्ध नहुने गरी सडकलाई कालोपत्र गर्नुपर्छ ।” वर्षा भएपछि सडक अवरुद्ध हुने भएकाले पुनःनिर्माणको कामलाई गति दिन नसकिने घलेको भनाइ छ । साथै राङ्लुङ खोलामा पक्की पुल नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ ।

सडक स्तरोन्नतिको पहल गर्न प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाओवादी नेता डा बाबुराम भट्टराई, श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ, सभासद् कमला पन्त, हितराज पाण्डे, छमबहादुर गुरुङ, काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलगायतलाई आग्रह गरे पनि काम सुरु नभएको घलेको भनाइ छ ।

बारपाकको राङ्लुङदेखि मान्द्रे गाउँसम्मको मोटरबाटो जोखिमयुक्त छ । त्यसमाथिको सडक बर्खामा पनि खासै नबिग्रिएको स्थानीय पुरबहादुर घलेले जानकारी दिनुभयो । कच्ची सडक खनेको लामो समय बितिसक्दा पनि स्तरोन्नति नगर्दा बारपाकीहरुले दुःख, कष्ट झेल्नुपरेको उहाँको भनाइ छ ।हिउँदमा बारपाकसम्म जिप पुग्छ । बर्खा लागेपछि स्थानीयवासी तीन घन्टा हिँडेर सिम्जुङको बालुवा पुगेपछि मोटर चढ्न पाउँछन् । ठूलो पानी प¥यो भने बालुवासम्म गाडी पुग्दैन । “भरिया पाइँदैन,” उहाँले भन्नुभयो – “उपभोग्य सामग्री ढुवानीमा समस्या भयो ।” भूकम्पले गोरेटो बाटोमा पनि पहिरोको जोखिम बढेपछि भरियाहरुले सामान बोक्न मान्दैनन् ।

बोकेर पु-याएको सामग्री खरिद गर्दा उपभोक्ताले महँगीको सास्ती खेप्नुपरेको छ । “अवरुद्ध मोटरबाटो चाँडै खुलाउनुपर्छ,” दुई महिनादेखि सडक अवरुद्ध भएको बताउँदै घलेले भन्नुभयो – “हेलिकप्टरले बोकेको चामलले गाउँलेलाई अचार पनि पुग्दैन ।” हिउँद, बर्खा गाडी चल्न सक्ने मोटरबाटो बनाउन सरकारले बजेट पठाउनुपर्छ । बारपाक–लाप्राक–गुम्दा सडकखण्ड स्तरीय बनाएपछि मात्रै पुनःनिर्माणले गति लिने घलेको भनाइ छ ।

काठमाडौँबाट छुटेका गाडीमा ‘काठमाडौँ–बारपाक’ लेखिए पनि सिम्जुङको बालुवासम्म मात्रै गाडी पुग्छ । दरौँदी नदीमाथि हालै पुल निर्माण भए पनि सञ्चालनमा आएको छैन । बालुवादेखि बारपाक करिब २० किलोमिटर दूरीको बाटो हो । “सामान ढुवानी गर्न स्तरीय मोटरबाटो र पुनःनिर्माणका लागि दक्ष कामदार चाहिन्छ,” – स्थानीय विर्षराज घलेले भन्नुभयो – “बाटो, कामदार छैन । सामान ढुवानी गर्ने खच्चड पाउन पनि मुस्किल छ ।”

भूकम्पको केन्द्रबिन्दु भनेर चर्चा पाए पनि पीडितले खासै राहत नपाएकामा बारपाकीहरु खिन्न छन् । कच्ची संरचना छाडेर पक्की घर, भवन बनाउने गाउँलेको सोच भएकाले सामान ढुवानीको चिन्ता बढेको हो । स्थानीय मनोस घलेका अनुसार तत्कालै स्तरीय सडक सञ्चालनमा आएन भने पुनःनिर्माणको काम थप पाँच वर्ष पछि धकेलिन्छ ।

“देख्दा सानो तर अति आवश्यक सडक मार्गको स्तरोन्नति गर्नुप¥यो,” उहाँले भन्नुभयो – “सरकारले बाटो बनाओस्, हामी झुप्रो बनाउँला ।” भूकम्पपीडितहरु अर्काको जमिनमा टहरो निर्माण गरेर बसेका छन् । उनीहरु छिट्टै आफ्नै घरमा सर्न चाहन्छन् । तर, पुनःनिर्माणबारे निश्चित मापदण्ड आउन ढिलाइ हुँदा उनीहरु समस्यामा छन् ।

जिल्लास्थित सडक कार्यालयले पहिरो पन्छाएर सडक खुलाउने तयारी भएको जनाएको छ । रासस