• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   चुनाव जित्नेमा विश्वस्त छु – सुहाङ ★   बझाङमा उत्साहपूर्वक मतदान हुँदै ★   इलाम उपनिर्वाचनः राप्रपाका लक्ष्मी गुरुङले गरे मतदान ★   इलाम–२ मा डम्बर खड्काले गरे मतदान ★   इलाम उपनिर्वाचनः सुहाङ र मिलनले गरे मतदान ★   इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा ★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान

कारको ठक्करबाट एक प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते



दाङ, भदौ २५ । दाङको पूर्व पश्चिम राजमार्गको नर्तीमा सुरक्षाका लागि खटिएका प्रहरी जवान २७ वर्षीय जितबहादुर चौधरीको विहीबार राति भालुवाङबाट लमहीतर्फ आउँदै गरेको बा१०च ५२३१ नम्बरको कारको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कुवेर कडायतले दिएको जानकारीअनुसार सुरक्षाका लागि खटिएका चौधरीको कारको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का प्रहरी जवान २८ वर्षीय चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् ।

घाइते भण्डारीलाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ ।

राजमार्गमा खटिएका सुरक्षाकर्मीले राति १२ बजे मोटरसाइकलमा सवार व्यक्तिलाई सोधपुछ गरिरहेको बेला तीव्र गतिमा आएको कारले एक्कासि ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार लमहीनगरपालिका–१० को देउपुरमा बेवारिसे अवस्थामा भेटिएको प्रमुख कडायतले जानकारी दिए । सवारीधनी र चालकको भने पहिचान हुन सकेको छैन । रासस