• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन निर्देशन ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन ★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल

कारको ठक्करबाट एक प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते



दाङ, भदौ २५ । दाङको पूर्व पश्चिम राजमार्गको नर्तीमा सुरक्षाका लागि खटिएका प्रहरी जवान २७ वर्षीय जितबहादुर चौधरीको विहीबार राति भालुवाङबाट लमहीतर्फ आउँदै गरेको बा१०च ५२३१ नम्बरको कारको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कुवेर कडायतले दिएको जानकारीअनुसार सुरक्षाका लागि खटिएका चौधरीको कारको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का प्रहरी जवान २८ वर्षीय चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् ।

घाइते भण्डारीलाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ ।

राजमार्गमा खटिएका सुरक्षाकर्मीले राति १२ बजे मोटरसाइकलमा सवार व्यक्तिलाई सोधपुछ गरिरहेको बेला तीव्र गतिमा आएको कारले एक्कासि ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार लमहीनगरपालिका–१० को देउपुरमा बेवारिसे अवस्थामा भेटिएको प्रमुख कडायतले जानकारी दिए । सवारीधनी र चालकको भने पहिचान हुन सकेको छैन । रासस