• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   सलमान खान गोली प्रकरणका अर्का संदिग्ध पक्राउ परे ★   अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि ★   अर्थतन्त्रमा सुधार आउन थालेको छः मन्त्री भण्डारी ★   “डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का ★   आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै ★   जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद ★   धोनीले अर्को वर्षको आईपीएल पनि खेल्न सक्नेछन् ! ★   एन्फा उपाध्यक्ष दावा लामा छुटे ★   शिक्षकहरुलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु: मन्त्री श्रेष्ठ ★   पोर्चुगलमा समुद्रमा सेलफिस खोज्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो

कारको ठक्करबाट एक प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते



दाङ, भदौ २५ । दाङको पूर्व पश्चिम राजमार्गको नर्तीमा सुरक्षाका लागि खटिएका प्रहरी जवान २७ वर्षीय जितबहादुर चौधरीको विहीबार राति भालुवाङबाट लमहीतर्फ आउँदै गरेको बा१०च ५२३१ नम्बरको कारको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कुवेर कडायतले दिएको जानकारीअनुसार सुरक्षाका लागि खटिएका चौधरीको कारको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का प्रहरी जवान २८ वर्षीय चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् ।

घाइते भण्डारीलाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ ।

राजमार्गमा खटिएका सुरक्षाकर्मीले राति १२ बजे मोटरसाइकलमा सवार व्यक्तिलाई सोधपुछ गरिरहेको बेला तीव्र गतिमा आएको कारले एक्कासि ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार लमहीनगरपालिका–१० को देउपुरमा बेवारिसे अवस्थामा भेटिएको प्रमुख कडायतले जानकारी दिए । सवारीधनी र चालकको भने पहिचान हुन सकेको छैन । रासस