• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   युएईविरुद्ध नेपाललाई दोस्रो सफलता ★   जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण ★   सोमपालले दिलाए नेपाललाई पहिलो सफलता ★   मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी ★   अफ्रिकी किशोरी भन्छन् – नेपाली भाषा र संस्कृति लैजान्छौँँ ★   गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे ★   एसिसी प्रिमियर कप: नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य ★   ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा ★   युएईविरुद्ध नेपालले गुमायो सातौं विकेट ★   युएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा, नेपालको छैटौं विकेट पतन

सुत्केरी र बच्चाको मृत्युपछि अस्पतालमा तनाव



चितवन, भदौ २५ । चितवनको एक अस्पतालमा पाठेघर फुटेर सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चित्रवन नगरपालिका वडा नं ८ की ३० वर्षीया मञ्जुकुमारी महतो हुन् ।

उनलाई सुत्केरी बेथा लागेपछि भदौ २२ गते भरतपुरको ओम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा बच्चा जन्माउने क्रममा उनको पाठेघर फुटेर शिशुको समेत मृत्यु भएको अस्पतालले जनाएको छ ।

भदौ २३ गते सामान्य प्रक्रियाबाट सुत्केरी गराउने क्रममा उनको पाठेघर फुटेको र ओम अस्तालमा उपचार सम्भव नभएपछि भरतपुर अस्पतालमा पठाइएको अस्पतालका चिकित्सक डा. विनोद पाठकले बताए । उपचारका क्रममा महतोको बिहीबार राति मृत्यु भएको थियो ।

उपचारका क्रममा महतोको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्तले शुक्रबार बिहानैदेखि अस्पताल अगाडि नाराबाजी गरिरहेका छन् । उनको उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन् । रासस