• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   भोजपुरको दुर्गम भेगका एक हजार जनाको नि:शुल्क उपचार ★   बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न ★   ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै ★   चेपाङ आवास कार्यक्रम: इच्छाकामनाका २२ घर निर्माण ★   इलाम र बझाङमा उपनिर्वाचन भोलि, तयारी सकियो ★   मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीको संयुक्त पैदल गस्ती (फोटो फिचर) ★   नायग्रा फल्सका रघुनाथ, नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक ★   तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो ★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

संविधानसभाबाट पारित संविधानको तीन वटा धारामा के छ ?



काठमाडौँ, भदौ २८ । संविधानसभाले आइतबार पारित गरेका तीन वटा धारामा संविधान मूल कानुन, सार्वभौमसत्ता र राजकीय सत्ता र राष्ट्रको परिभाषा समेटिएको छ ।

संविधानसभामा हाल कायम रहेका सदस्य संख्याको दुई तिहाइ मतले धारा १, २ लाई दुई तिहाइले पारित गरेको थियो भने धारा ३ लाई नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादीका प्रमुख सचेतकले संयुक्तरुपमा दर्ता गराएको संयुक्त संशोधन प्रस्तावलाई पनि संविधानको अंग मान्दै पारित गरेको थियो ।

सो धारामा तीन दलको तर्फबाट राष्ट्रको परिभाषामा रहेको ‘अखण्डता’ भन्ने शब्दको सट्टा ‘भौगोलिक अखण्डता’ भन्ने शब्द थप गरिएको प्रस्ताव उल्लेख थियो ।

संविधानको पहिलो धारामा ‘यो संविधान नेपालको मूल कानुन हो । यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ । यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ’ भन्ने उल्लेख गरिएको छ ।

यस्तै, धारा दुईमा ‘नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेकोछ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

यस्तै, धारा ३ मा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्था समेटिएको छ ।