३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानसभाबाट पारित संविधानको तीन वटा धारामा के छ ?



अ+ अ-

काठमाडौँ, भदौ २८ । संविधानसभाले आइतबार पारित गरेका तीन वटा धारामा संविधान मूल कानुन, सार्वभौमसत्ता र राजकीय सत्ता र राष्ट्रको परिभाषा समेटिएको छ ।

संविधानसभामा हाल कायम रहेका सदस्य संख्याको दुई तिहाइ मतले धारा १, २ लाई दुई तिहाइले पारित गरेको थियो भने धारा ३ लाई नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादीका प्रमुख सचेतकले संयुक्तरुपमा दर्ता गराएको संयुक्त संशोधन प्रस्तावलाई पनि संविधानको अंग मान्दै पारित गरेको थियो ।

सो धारामा तीन दलको तर्फबाट राष्ट्रको परिभाषामा रहेको ‘अखण्डता’ भन्ने शब्दको सट्टा ‘भौगोलिक अखण्डता’ भन्ने शब्द थप गरिएको प्रस्ताव उल्लेख थियो ।

संविधानको पहिलो धारामा ‘यो संविधान नेपालको मूल कानुन हो । यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ । यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ’ भन्ने उल्लेख गरिएको छ ।

यस्तै, धारा दुईमा ‘नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेकोछ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

यस्तै, धारा ३ मा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्था समेटिएको छ ।