५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार महिनामा १५ हजार सवारी चालकलाई कारबाही



अ+ अ-

तनहुँ । जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झण्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । 

ट्राफिक नियमविपरीत सवारीसाधन चलाउँदा कारबाही गर्दा रु एक करोड एक लाख ६४ हजार राजश्व सङ्कलन भएको छ । कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २७ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा १२ जनाको मृत्यु हुनुका साथै ४० घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो । पृथ्वी राजमार्गमा सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न तीव्रगति नियन्त्रण गर्नका लागि गत असोज ३ गतेदेखि राडरगनको प्रयोग गरिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि विभिन्न स्थानमा १४४ थान ट्राफिक कोण, ट्राफिक सङ्केत र होडिङबोर्ड राखिएको छ । उहाँले भन्नुभयो, “सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी ४३ कक्षा सञ्चालन गर्दा सात हजार ६४० जना लाभान्वित भएका छन् ।” चालु आवमा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ९३ पटक गरी १६ हजार ७१५ थान पर्चा पम्प्लेट वितरण गरिएको हमालले बताउनुभयो । 

‘चालकसँग एक मिनेट’ कार्यक्रमअन्तर्गत चालु आवमा २७६ पटक कार्यक्रम सञ्चालन गर्दा २३ हजार ८९७ चालक सहभागी थिए । रासस