• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo

एसएलसी पूरक परीक्षाको नतिजा आज सार्वजनिक हुने



फाइल फोटो

भक्तपुर, भदौ ३१ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार (आज) एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने भएको छ ।

२०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाको रुपमा गत साउन २० गतेबाट ३० गतेसम्म सञ्चालन भएको एसएलसी पूरक परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिए ।

परीक्षामा कूल एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा एक विषय मात्रै परीक्षा दिने ५५ हजार ४७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७७७ जना रहेका छन् ।