३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह

राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह
अ+ अ-

काठमाडौँ,  भदौ ३१ । विभिन्न राजनीतिक दलका नेताले राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग हुन नहुनेमा जोड दिएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोग र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले विद्यालय शान्ति क्षेत्र सरकार र प्रमुख दलको प्रतिबद्धताको विषय बनिसकेकाले त्यसको अक्षरशः कार्यान्वयन हुनुपर्ने बताउनुभयो । बालबालिकालाई आफ्नो निहीत राजनीतिक उद्देश्य पूर्तिका लागि प्रयोग गर्न नहुने उहाँले बताउनुभयो ।
उहाँले पार्टीका तर्फबाट बालबालिकाको दुरुपयोग भएका पाइएमा त्यस्ता घटना सच्चाउन आवश्यक पहल गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

नेकपा ९एमाले० पोलिटब्युरो सदस्य तथा पूर्व शिक्षामन्त्री गङ्गालाल तुलाधरले आफू शिक्षामन्त्री हुँदा २०६८ जेठ ११ मा मन्त्रिपरिषद्बाट ‘विद्यालय शान्ति क्षेत्र घोषणा’ गरिएको र त्यससम्बन्धी निर्देशिका जारी भएको स्मरण गराउँदै त्यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा पार्टी प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।
एमाओवादीका केन्द्रीय सदस्य धर्मदत्त देवकोटाले समग्र शिक्षा नीतिलाई नै जनमुखी र वैज्ञानिक बनाई समानतामा आधारित शिक्षा नदिइएसम्म विद्यालय शान्ति क्षेत्रको कार्यान्वयन हुन नसक्ने बताउनुभयो ।
नेकपा–माओवादीका प्रवक्ता पम्फा भूसालले भविष्यका कर्णधार विद्यार्थीलाई राजनीतिबाट पर राख्नुपर्छ भन्ने मान्यता उचित नभएको तर उनीहरुलाई हिंसात्मक गतिविधिबाट मुक्त पार्न भने आवश्यक रहेको जनाउनुभयो ।
आयोगका सदस्य मोहना अन्सारीले राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग र पछिल्ला समयमा तराई मधेसमा भएका आन्दोलनका क्रममा विद्यालय बन्द तथा बालबालिकामाथिका हिंसाको अनुगमन गरी सरकार र आन्दोलनरत पक्षलाई वार्ताबाट समाधान खोज्न आग्रह गरिएको बताउनुभयो ।
आयोगका पूर्व सदस्य गौरी प्रधानले सशस्त्र द्वन्द्वकालदेखि नै बालबालिका शान्ति क्षेत्र हुन् भन्ने अभियान सञ्चालन गरिएको र त्यो स्थितिमा क्रमिक सुधार आएको बताउनुभयो ।
शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले राजनीतिक दलले गरेका प्रतिबद्धताको कार्यान्वयन भएमा विद्यालय शान्ति क्षेत्र व्यवहारमा सफल हुने जनाउनुभयो ।
सिजपका अध्यक्ष कृष्ण सुवेदीले धेरै पटक आवाज उठे पनि बालबालिकाको निर्वाध पठनपाठनको नियमिततामा समस्या आइरहेको गुनासो गर्नुभयो । रासस