• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल

संविधान दिवसमा उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख नै अनुपस्थित हुने !



काठमाडौं २ असोज । सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी हुनेछैनन् ।

उनी असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका छन् । संविधान दिवसको तेस्रो दिनको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अनुपस्थित हुनेछन् । उनी ३ असोजमा टुँडिखेलमा आयोजना गरिने कार्यक्रममा सहभागी भई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै छन् ।

सभामुख ओनसरी घर्तीसमेत आइतबार कार्यक्रममा सहभागी भएपछि अन्य दुई दिनका औपचारिक कार्यक्रममा देखिने छैनन् । राष्ट्रपति र प्रधानन्यायाधीश भने तीन दिनकै औपचारिक कार्यक्रममा सहभागी हुनेछन् । संविधान दिवसका अवसरमा संसद् सचिवालयले आइतबार विशेष कार्यक्रमको आयोजना गर्दै छ ।

राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा संसद् सचिवालयले संविधान दिवसलाई विशेष दिवसका रूपमा मनाउन लागेको हो । संविधान घोषणा भएको दिनको अघिल्लो दिन संसद् सचिवालयले कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा करिब २५ सय मानिसलाई निमन्त्रणा गरिएको छ ।

सो कार्यक्रममा सभामुख ओनसरी घर्तीले संक्षिप्त मन्तव्य दिने कार्यक्रम छ । कार्यक्रममा सहभागीलाई दिउँसो ३ बजेभित्र संसद् भवन बानेश्वरमा उपस्थित भइसक्न सचिवालयले आग्रह गरेको छ । सभामुखले संक्षिप्त सम्बोधन गरेपछि चियापान कार्याक्रमको आयोजना गर्ने गरी कार्यक्रमको तयारी सचिवालयले गरेको छ । सभामखु र संसद्का महासचिव सो कार्यक्रमपछि साताव्यापी चीन भ्रमणमा जान लागेकाले संविधान घोषणा भएको अघिल्लो दिन नै सचिवालयले कार्यक्रम राखेको स्रोतले बतायो ।