भरतपुर, १२ फागुन । चितवनको भरतपुरमा नवनिर्मित तेक्वान्दो डोजाङको आज उद्घाटन गरिएको छ । चितवन जिल्लाबाट साउथ यसियन खेलाडीका साथै ओलम्पिक खेलाडीहरु उत्पादन गर्ने उदेश्य सहित उक्त तेक्वान्दो प्रशिक्षण केन्द्र (तेक्वान्दो डोजाङ)निर्माण गरिएको हो ।
उक्त तेक्वान्दो प्रशिक्षण केन्द्रमा कोरियाबाट तालिम प्राप्त गुरु सुनिल सिंह त्यसै गरि तेक्वान्दो गुरु जयदेव पौडेल र रोजिना थपलियाले खेलाडीहरुलाई प्रशिक्षण दिने छन् । डोजाङ निर्माण भएपछि खेलाडीहरु मा खुसियाली छाएको छ । यस प्रशिक्षण केन्द्र को कुल लागत खर्च १२ लाख रहेको छ भने निर्माण कार्य एक महिनाको अवधिमा सम्पन्न भएको छ ।
उक्त प्रशिक्षण केन्द्रको उद्घाटन ससस्त्र प्रहरी उपरीक्षक श्याम कोइराला ले गरेका छन् भने प्रमुख अतिथिमा पुर्व ए आइजी ऋषव देव भट्टराई र प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ उपस्थित थिए । साथै सुरक्षा निकायका उच्च पदस्थ व्यक्तिहरुको पनि सहभागिता थियो । उक्त प्रशिक्षण केन्दका संरक्षक टेक प्रसाद गोतामे (जेकि चेन)ले निर्माण कार्यमा सहयोग गर्नेसबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।