• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   एमाले सचिवालय बैठक: प्रचण्डलाई राजीनामा दिन भोलिसम्मको अल्टिमेटम ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त

रेनेसासले करिब ७ अर्ब डलरमा अर्को कम्पनी खरिद गर्ने



टोक्यो, २६ भदौ (एएफपी) ः जापानको सेमिकन्डक्टर कम्पनी रेनेसासले मङ्गलबार ६ अर्ब ७० करोड अमेरिकी डलरमा अमेरिकाको क्यालिफोर्नियास्थित आइडीटी सेमिकन्डक्टर निर्माता कम्पनी खरिद गर्ने घोषणा गरेको छ । उक्त समाचार प्रकाशनमा आएलगत्तै रेनेसासको सेयरमा ५.५४ प्रतिशत वृद्धि भएको थियो ।

कम्पनी खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया सन् २०१९ को मध्यसम्ममा पूरा हुने अपेक्षा गरिएको छ । तर कम्पनी खरिदको अन्तिम टुङ्गो आइडीटीका सेयर लगानीकर्ता र सम्बन्धित नियामक निकायको स्वीकृतिपछि हुनेछ, रेनेसासको विज्ञप्तिमा उल्लेख छ ।

रेनेसासले नयाँ कम्पनी खरिद गर्न ६ अर्ब डलर बैंकबाट ऋण लिने र बाँकी कम्पनीको नगदबाट व्यवस्था गरिने जनाएको छ । नयाँ कम्पनीको खरिदबाट औद्योगिक र सवारीसाधनका क्षेत्रमा व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।

जापानका प्रतिष्ठित कम्पनीहरु हिटाची, मित्सुबिसी इलेक्ट्रिक र एनइसीका माइक्रोचिप्स इकाईहरु मर्ज (बिलय) गरी रेनेसास इलेक्ट्रोनिक्सको स्थापना भएको थियो । तर बजारमा तीव्र प्रतिस्पर्धाका कारण घाटा व्यहोर्न बाध्य यस कम्पनीलाई सरकारी ऋण सहयोगमा सन् २०१३ मा पुनर्जीवित तुल्याइएको थियो ।

कम्पनी घाटामा गएसँगै कामदार कटौती गरिएको थियो । युरोप प्लान्टबाट मात्र एक हजारभन्दा बढी कामदार हटाइएको थियो । त्यसयता कम्पनीको आर्थिक स्थितिमा सुधार आउनुका साथै नयाँ कम्पनी खरिद गर्ने स्थितिमा अहिले देखा परेको छ ।

सन् २०१६ मा रेनेसासले तीन अर्ब २० करोड डलरमा अमेरिकाको सानो चिप निर्माता इन्टरसील खरिद गरेको थियो ।

नयाँ खरिद गर्न प्रस्तावित आइडीटी अर्थात इन्टिग्रेटेड डिभाइस टेक्नोलोजीमा विश्वभर एक हजार ७०० कर्मचारी कार्यरत छन् । यस कम्पनीले सन् २०१७–१८ मा करिब ८४ करोड २८ लाख बराबरको कारोबार गरेको थियो ।