१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 1.54

Humidity: 64

Latest
कर वृद्धिमा कुनै पनि देशलाई छोड्दैनौँः अमेरिकी राष्ट्रपति ट्रम्प केटी पेरी महिला उडानमा अन्तरिक्षमा उडान भर्न तयार शिक्षक आन्दोलनको १३ दिनः सरकार र शिक्षक दुवै नैतिक दबाबमा बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महीनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला… एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’बाट सम्मान गर्ने समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासबाट अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ: पूर्व राष्ट्रपति भण्डारी कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता नयाँ वर्षमा काठमाडौंसहित देशभर चहलपहल बढ्दो शिक्षक आन्दोलनको १३ दिनः सरकार र शिक्षक दुवै नैतिक दबाबमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलालाइ न्याय खाेइ ?



अ+ अ-

राजधानीमा शनिबार ठूलाे जुलुसले कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकाे न्यायका लागि माग गर्दै प्रदर्शन गरिएकाे छ । सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन नसकेकामा चाैतर्फी विराेध भइरहेका बेला राजधानीमा जुलुस निकालिएकाे हाे । जुलुसमा सहभागीले प्रहरी प्रशासनले पर्याप्त काम गर्न नसकेकाे अाराेप लगाइएकाे छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन सयौं सहभागी थिए । बानेश्वरमा पुगेर सहभागीहरुले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पनि पुगेकी थिइन् ।

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शनमा  हजाराैं सर्वसाधरण सहभागी भएका छन् । निर्मला घटनाका दोषी अझैं कारबाहीको दायरमा आउन नसकेको अवस्थामा  अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागिहरुले मौन बसेको सरकार किन बढ्दैछ बलात्कार ?,सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा,सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

शनिबार देशका विभिन्न १९ स्थानमा ‘निर्मलाका निम्ति न्याय’ माग्दै प्रदर्शनको आह्वान सामाजिक सञ्जालमार्फत गरिएको थियो ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । अहिले न्याय माग्दै निर्मलाका बाआमा काठमाडौं आएका छन् ।

(तस्वीर साैजन्यः अनलाइनखबर)