५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामबहादुर बम्जनमाथि बलात्कारको आरोप



अ+ अ-

तपस्वी रामबहादुर बम्जनमाथि १८ बर्षिया किशोरी बलात्कारको आरोप लागेको छ । बाराको जंगलमा तपस्या बसेर एकाएक चर्चामा आएका बम्जनमाथि यस्तो आरोप आएको हो ।

शनिबार ललितपुरमा महिला अधिकारकर्मीहरुको सहयोगमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक १८ वर्षीया किशोरीले आफूलाई ‘धर्मगुरु’ बम्जनले पटक–पटक बलात्कार गरेको खुलासा गरेकी हुन् । किशोरीले महिला अधिकारीकर्मीहरुलाई बताएअनुसार बम्जनको सिन्धुलीस्थित गुम्बामा आनी बन्न पुगेको बेला बलत्कार गरेका हुन् ।

पत्रकार सम्मेलनमा पहिलो पटक २ बर्षअघि बम्जनकी श्रीमती काठमाडौं आएको बेला आफूलाई बलात्कार गरेको किशोरीको दावी थियो । किशोरीका अनुसार त्यसपछि पनि तपस्वी बम्जनले पटक पटक बलात्कार गरेको पीडित युवतीको गुनासो छ । आफू पिडामा परेपछि किशोरीले प्रहरीलाई उजुरी गर्ने सोच बनाउँदा तपस्वी बम्जनकी श्रीमतीले धम्काएपछि कुरा बाहिर ल्याउन नसकेको गुनासो गरिन् । तर बलात्कारका घटना ओझेलमा राख्नुहुदैन् भन्दै महिलाअधिकारकर्मीमार्फत न्याय खोज्न आफू काठमाडौं आएको उनले बताइन् ।