३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

एसिया कप क्रिकेटः श्रीलङ्का प्रतियोगिताबाट बाहिर

एसिया कप क्रिकेटः श्रीलङ्का प्रतियोगिताबाट बाहिर
अ+ अ-

अबुधाबी, २ असोज (एएफपी) ः अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्कालाई सोमबार ९१ रनले पराजित गरेको छ । पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको श्रीलङ्का यो हारसँगै एसिया कप क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ ।

युएईको शेख जाइद रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले संयमपूर्ण ब्याटिङ गरी सबै विकेट गुमाएर २४९ रन बनाएको थियो ।

श्रीलङ्काको पाली अफगानिस्तानी खेलाडीका अगाडि टिक्न सकेन । श्रीलङ्काले ४१.२ ओभरमा १५८ रन मात्र बनाएको थियो । श्रीलङ्कालाई धरासायी बनाउनेक्रममा अफगानिस्तानका खेलाडीहरु रसिद खानले २, मोहम्मद नबीले २ तथा मुजिबउर रहमानले २ विकेट लिएका थिए ।

अफगानिस्तानका लागि रहमत शाहले ७२ तथा इहसानुल्लाह जनतले ४५ रनको महत्वपूर्ण योगदान गरेका थिए ।

शनिबार मात्र बङ्गलादेशसँग श्रीलङ्का १३७ रनले पराजित भएको थियो । यो पराजयसँगै श्रीलङ्कामा राष्ट्रिय टोलीको तिब्र आलोचना भएको छ ।

मङ्गलबार भारत र हङकङबीच खेल हुनेछ ।