२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.93

Wind: 5.14

Humidity: 49

Latest
दुर्गा प्रसाईंलाई आजै म्याद थप गरिने दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याईयो राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री सामान्य अपराधमा व्यवसायीलाई जेल नपठाउन सरकारलाई उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याईदै मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग प्रतिवेदनबारे निजी क्षेत्रः ‘नियन्त्रणकारी नीति हटाउ’ सर्लाहीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेटः श्रीलङ्का प्रतियोगिताबाट बाहिर



अ+ अ-

अबुधाबी, २ असोज (एएफपी) ः अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्कालाई सोमबार ९१ रनले पराजित गरेको छ । पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको श्रीलङ्का यो हारसँगै एसिया कप क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ ।

युएईको शेख जाइद रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले संयमपूर्ण ब्याटिङ गरी सबै विकेट गुमाएर २४९ रन बनाएको थियो ।

श्रीलङ्काको पाली अफगानिस्तानी खेलाडीका अगाडि टिक्न सकेन । श्रीलङ्काले ४१.२ ओभरमा १५८ रन मात्र बनाएको थियो । श्रीलङ्कालाई धरासायी बनाउनेक्रममा अफगानिस्तानका खेलाडीहरु रसिद खानले २, मोहम्मद नबीले २ तथा मुजिबउर रहमानले २ विकेट लिएका थिए ।

अफगानिस्तानका लागि रहमत शाहले ७२ तथा इहसानुल्लाह जनतले ४५ रनको महत्वपूर्ण योगदान गरेका थिए ।

शनिबार मात्र बङ्गलादेशसँग श्रीलङ्का १३७ रनले पराजित भएको थियो । यो पराजयसँगै श्रीलङ्कामा राष्ट्रिय टोलीको तिब्र आलोचना भएको छ ।

मङ्गलबार भारत र हङकङबीच खेल हुनेछ ।