४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान सुनसान ‘रिहार’ धाम उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो देशभर मनसुनी वायुको प्रभाव कायम प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, १० गते महासभालाई सम्बोधन बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन पानी छर्कदै , घर पठाउदै



अ+ अ-

२ असोज, मोरङ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई छाड्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत, मोरङले मंगलबार उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । न्यायधिश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीकाे इजलासले उनलार्इ छाड्ने अादेश दिएको अदालतले जनाएको छ ।साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय समितिले गरेको अनुसन्धानका क्रममा सुन तस्करीको विवरणसहितको रजिष्टर बरामद गरेको थियो, जहाँ ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको थियो ।

मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’को नेतृत्वमा साढे ४ वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष समेत निकालिएको थियो । त्यसक्रममा रजिष्टरको एउटा पन्नामा एसपी खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ लिएको भेटिएको थियो ।रजिष्ट्ररमा सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम र भरियाको नाम समेत थियो।सुन तस्करको समूहले तत्कालिन विमानस्थल प्रहरीको सिङ्गो सेटसँगै सेटिङ मिलाएको सह-सचिव र्इश्वरराज पौडेल नेतृत्वको समितिले दाबी गरेको थियो। प्रहरीसँग सेटिङ मिलाउन मात्रै कुल २ करोड २० लाख ७७ हजार रुपैयाँ खर्च भएको दाबी गरिएको थियो।प्रहरीलाई बुझाएको रकमको विस्तृत विवरण समूहले एउटा डायरीमै उल्लेख गरेको भेटिएको थियो ।

भयो ?