४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसमा पुष्पलालदेखि सन्दीप लामिछानेसम्म विभूषित हुँदै



अ+ अ-

संविधान दिवसको अवसरमा सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलाल श्रेष्ठदेखि युवा क्रिकेटर सन्दीप लामिछानेसम्मलाई विभूषित गर्ने भएको छ ।

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत ४ सय २१ जनालाई आज विभूषित गर्ने भएको हो । सो अवसरमा राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, साहित्यकार, कलाकार, चिकित्सक, पत्रकार, प्रशासक, खेलाडीलगायत विभिन्न पेशा तथा व्यवसाय आवद्ध व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने परम्पराअनुरूप सरकारले उनीहरुलाई विभूषित गर्न लागेको हो ।

विभूषणका लागि छनोट भएकाहरुलाई शीतलनिवासमा एक समारोहबीच राष्ट्रपतिले विभूषित गर्ने गृह मन्त्रालयले जनाएको छ ।