४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राध्यापक राजिव झा अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त



अ+ अ-

काठमाडौँ, ४ असोज । चीनको एक अर्धसरकारी संस्था चाइना कमर्सियल स्टक इन्टरप्राइजको अन्तर्राष्ट्रिय शिक्षा तथा संस्कृति प्रवर्धन समितिले चीनको सियन विश्वविद्यालयका नेपाली प्राध्यापक डा.राजिव कुमार झालाई अन्तर्राष्ट्रिय वरिष्ट परामर्शदाताका रुपमा नियुक्त गरेको छ । उक्त इन्टरप्राइजेजको शिक्षा तथा संस्कृतिसम्बन्धी अन्तर्राष्ट्रिय समितिले प्रा.डा.झालाई नियुक्त गरिएको जानकारी बुधबार बिज्ञप्तिमार्फत जानकारी दिएको छ । अन्तर्राष्ट्रिय वरिष्ट परामर्शदाताको रुपमा रहेर उहाँले चीनको शैक्षिक तथा सांस्कृतिक महत्वलाई विदेशमा विस्तार र आदानप्रदान गर्नुहुने छ ।
चीनको सियानमा रहेर चीनको आर्थिक, सामाजिक र अन्तराष्ट्रिय सम्बन्ध विकासमा विशेष योगदान पु¥याउने प्रतिभाशाली विदेशी व्यक्तित्वको कदरस्वरुप उहाँलाई यस पदमा नियुक्त गरिएको बताइएको छ ।  गत महिनामात्र डा.झालाई सियान सरकारले नै सन् २०१८ को लागि सियान फ्रेण्डसिप अवार्ड’ प्रदान गरेको थियो । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्धारा प्रत्येक दुई वर्षमा दिइने उक्त अवार्ड पाउने उहाँ पहिलो नेपाली हो ।
प्राध्यापक झा करिब २२ वर्षदेखि चीन बस्दै आउनुभएको छ । पित्तथैलीको क्यान्सरको प्रकोप कम गर्ने विषयमा चिनियाँ विश्वविद्यालबाट विद्यावारिधी र त्यसपछि पोस्ट डक समेत पूरागरी सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा.डा. झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिव कुमार झा’ स्थापना गरेको छ ।

सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदान प्रदान पनि हुने गरेको छ । प्रा.डा. झा हाल चीनका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर पनि हुन् । चीनको सान्सी प्रान्तले प्राध्यापक झालाई चीन नेपाल सम्बन्धको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै केही महिना अघि नागरिक दूत नियुक्त गरेको थियो ।
गतवर्ष मात्र पनि झालाई सियान प्रान्तले नै चिनियाँ बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा पनि नियुक्त गरेको जानकारी झाले दिए ।