३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध – उपराष्ट्रपति पुन

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध – उपराष्ट्रपति पुन
अ+ अ-

काठमाडौँ, ४ असोज (रासस) ः उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई आज सम्बोधन गर्दै उहाँले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताउनुभयो । चीनले अवलम्बन गरिरहेको मित्रता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तद्वारा निर्देशित छिमेक कूटनीतिको प्रसंशा गर्दै उपराष्ट्रपति पुनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिरहेकाले त्यसमा महत्वपूर्ण उपलब्धि हासिल भइरहेको छ भन्नुभयो ।

केही वर्षयता दुई देशबीच पारवहन यातायात सम्झौता, बेल्ट एण्ड रोड इनिसियेटिभ (बिआरआइ) सम्बन्धी समझदारी र रेल परियोजनामा सहयोगसम्बन्धी भएका समझदारी महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति पुनले विगत चार दशकमा खुलापन र सुधारको माध्यमबाट चीनले हासिल गरेको आर्थिक वृद्धि र चिनियाँ जनताको जीवनस्तरमा आएको गुणात्मक सुधारको प्रशंसा गर्नुभयो । चिनियाँ राष्ट्रपतिले बिआरआइमार्फत सम्बद्ध राष्ट्रबीच सहयोग अभिवृद्धि गरी मानवताका लागि साझा भविष्य भएको समुदाय निर्माणका लागि अगाडि सार्नुभएको विचारको स्वागत गर्दै उहाँले त्यसमा नेपाल सामेल हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

बिआरआइसम्बन्धी द्विपक्षीय समझदारीको कार्यान्वयनमा तीव्रता दिन हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको बृहत्तर संरचनाभित्र सहयोग अगाडि बढाउने कुरामा दुवै देश प्रतिबद्ध रहेको उपराष्ट्रपति पुनको भनाइ थियो ।

काठमाडौँ र छेन्दु शहरबीच स्थापना भएको भगिनी सम्बन्धले नेपाल र सिचुवान प्रान्तबीचको सम्बन्धमा नयाँ आयाम थपेको उहाँले बताउनुभयो । नेपालमा गत वर्ष सम्पन्न सङ्घीय संरचनाअनुरुपको ऐतिहासिक निर्वाचनपश्चात् मुलुकमा शान्ति, स्थिरता र समृद्धिको ढोका खुलेको बताउँदै उपराष्ट्रपति पुनले नेपालको आगामी प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु र सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को बृहत् लक्ष्य हासिल गर्नु रहेको छ भन्नुभयो ।

उहाँले सडक सञ्जाल, रेल्वे, ऊर्जा उत्पादन एवं यसको वितरणजस्ता आधारभूत पूर्वाधारको निर्माण एवं सीमा वारपार रेल्वे, राजमार्ग, सञ्चार, प्रसारण लाइनलगायतका क्षेत्रमा विकास गर्ने लक्ष्य रहेको बताउँदै व्यापार घाटालाई सन्तुलनमा ल्याउने उद्देश्यसमेत रहेको उल्लेख गर्नुभयो ।

उहाँले सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट आउनुभएका लगानीकर्तालाई नेपालमा उपलब्ध लगानीका प्रचुर सम्भावनाबाट फाइदा लिन र लगानी गर्न आग्रह गर्नुभयो ।

“नेपालको प्रचलित ऐन कानून र नीति लगानीमैत्री रहेका छन् । विदेशी लगानीको सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ । आर्जित मुनाफालाई शतप्रतिशत स्वदेश लैजान पाउने सुविधाको कानूनी व्यवस्था गरिएको छ । नेपालमा लगानी गरेर तपाईहरूलाई लाभ नै हुनेछ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु”, उहाँले भन्नुभयो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको सन्दर्भमा नेपाल भ्रमणका लागि चिनियाँ नागरिकमाझ प्रचारप्रसार गरिदिन चिनियाँ पर्यटन व्यवसायीलाई उपराष्ट्रपति पुनले आग्रह गर्नुभयो ।

मेलामा सहभागी नेपाली उद्यमी, लगानीकर्ता तथा व्यवसायीको चिनियाँ एवं विदेशी समकक्षीसँगको संवाद, अन्तक्र्रिया र सम्झौताबाट दीर्घकालीन सहकार्य र साझेदारी बनाउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सन् २००० देखि आयोजना भइरहेको यस मेलाले चीन तथा सहभागी मुलुकलाई व्यापार, लगानी, प्रविधि र पर्यटनका क्षेत्रमा जोडिरहेको छ । मेलाले व्यापारी, उद्यमी तथा लगानीकर्ताबीच विचार आदनप्रदान, सम्बन्ध स्थापना, अन्तक्र्रिया एवं व्यापारिक सहकार्यको अभिवृद्धि गर्ने अवसर प्रदान गर्दै आएको छ ।