• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

छलफल नै नगरी ल्याइएको कानूनले मुलुकमा समस्याः सयोजक ठाकुर



राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संसद्मा अवश्यक छलफल र राजनीतिक दलसँग परामर्श नै नगरी सरकारले कानून ल्याएका कारण मुलुकभरी विरोध देखापरेको बताएका छन् ।

राजपा पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्बाट निर्माण भएका कानूनलाई छलफल नै नगरेका कारण डाक्टर, पत्रकार, चालकलगायत पेशाकर्मी आन्दोलनमा उत्रिएको बताए ।

संयोजक ठाकुरले कानूनमा त्रुटी भएको सरकारसमेत स्वीकार गरिसकेकाले यसलाई सच्याउनुको विकल्प नभएको बताउँदै अब भन्ने कानूनको विषयमा व्यापक छलफल गरी निर्माण गर्न सरकारलाई सुझाव दिए ।

राजपासँग सरकारले गरेको सहमति कार्यान्वयन नगरेका कारण मुलुकमा फेरि आन्दोलनको वातावरण बन्दै गएको उल्लेख गर्दै उनले संविधानमा रहेका असन्तुष्टिलाई सम्बोधन नगरेसम्म अधिकारका लागि सङ्र्घष भइरहने विचार व्यक्त गरे ।
संयोजक ठाकुरले राजपासँग भएका सम्झौतालाई कार्यान्यन गर्न सरकारलाई आग्रह पनि गरे । राजपाका केन्द्रीय सदस्य एवं प्रदेश नं २ का प्रदेश सदस्य रमेशप्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संयोजक ठाकुरले आगामी वैशाख ७, ८ र ९ गते राजपाको केन्द्रीय महाधिवेशन गर्ने जानकारी दिए ।

महाधिवेशनलाई समयमा पूरा गर्न गाउँदेखि प्रदेश अधिवेशनलाई तोकिएको समयभित्र सम्पन्न गर्न पार्टीका सबै तह र ओहदाका पदाधिकारीलाई उनले निर्देशन पनि दिए ।