९ फाल्गुन २०८१, शुक्रबार
February 21, 2025 Friday
Latest
सम्पत्ति शुद्धीकरण निवारणमा चुक्दा नेपाल एफएटिएफको ‘ग्रे लिष्ट’ मा च्याम्पियन्स ट्रफीः अफ्रिकाद्वारा अफगानिस्तान १०७ रनले पराजित तत्काल कुनै पार्टीसँग एकता हुन्न : एकीकृत समाजवादी जनताको चाहना सुशासन र समृद्धि एसपिए कैलाली प्रिमियर लिग–३ : गोदावरी र पुर्नवास ‘बी’ सेमिफाइनलमा प्रवेश ‘राष्ट्रिय गौरवको आयोजना नभएको प्रदेश कर्णाली’ आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन सकेन- अर्जुननरसिंह केसी पैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी कांग्रेस सम्पूर्ण जातजातिलाई एकापसमा जोड्ने पार्टी होः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छलफल नै नगरी ल्याइएको कानूनले मुलुकमा समस्याः सयोजक ठाकुर



अ+ अ-

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संसद्मा अवश्यक छलफल र राजनीतिक दलसँग परामर्श नै नगरी सरकारले कानून ल्याएका कारण मुलुकभरी विरोध देखापरेको बताएका छन् ।

राजपा पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्बाट निर्माण भएका कानूनलाई छलफल नै नगरेका कारण डाक्टर, पत्रकार, चालकलगायत पेशाकर्मी आन्दोलनमा उत्रिएको बताए ।

संयोजक ठाकुरले कानूनमा त्रुटी भएको सरकारसमेत स्वीकार गरिसकेकाले यसलाई सच्याउनुको विकल्प नभएको बताउँदै अब भन्ने कानूनको विषयमा व्यापक छलफल गरी निर्माण गर्न सरकारलाई सुझाव दिए ।

राजपासँग सरकारले गरेको सहमति कार्यान्वयन नगरेका कारण मुलुकमा फेरि आन्दोलनको वातावरण बन्दै गएको उल्लेख गर्दै उनले संविधानमा रहेका असन्तुष्टिलाई सम्बोधन नगरेसम्म अधिकारका लागि सङ्र्घष भइरहने विचार व्यक्त गरे ।
संयोजक ठाकुरले राजपासँग भएका सम्झौतालाई कार्यान्यन गर्न सरकारलाई आग्रह पनि गरे । राजपाका केन्द्रीय सदस्य एवं प्रदेश नं २ का प्रदेश सदस्य रमेशप्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संयोजक ठाकुरले आगामी वैशाख ७, ८ र ९ गते राजपाको केन्द्रीय महाधिवेशन गर्ने जानकारी दिए ।

महाधिवेशनलाई समयमा पूरा गर्न गाउँदेखि प्रदेश अधिवेशनलाई तोकिएको समयभित्र सम्पन्न गर्न पार्टीका सबै तह र ओहदाका पदाधिकारीलाई उनले निर्देशन पनि दिए ।