४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले केही बोलेको छैन – पूर्व राजा



अ+ अ-

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले बिदेश भ्रमणका बेला कुनै पनि आन्तरिक राजनीतिका बारेमा कुनै टिप्पणी नगरेको जनाईएको छ । बैंकक भ्रमणका क्रममा नेपालको आन्तरिक राजनीति तथा परिस्थिति टिप्पणी गरेको भन्ने समाचार सार्बजनिक भएपछि पूर्बराजको सचिवालयले कुनै टिप्पणी नगरेको स्पष्ट पारेको हो । हाल बैंककमा रहनु भएका पूर्व राजाले अब भारतमा हुने निर्वाचनपछि नेपाल हिन्दुराष्ट्र बन्ने र राजसंस्था फर्कने बताएको भन्दै केही सञ्चार माध्यमले समाचार प्रकाशन गरेका थिए । पूर्व राजाका प्रेस सल््लाहकार फणिराज पाठकले भन्नुभयो ‘केही सञ्चार माध्यमले दाबी गरे जस्तो पूर्व श्री ५ बाट आन्तरिक राजनीति तथा परिस्थिति बारे कुनै पनि टिप्पणी भएका छैन ।

यस्ता समाचार प्रकाशन गर्ने संञ्चार संस्थाले सत्यता स्थापित गर्न सक्नु पर्छ पाठकले भन्नुभयो ।