३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउन उपराष्ट्रपति पुनको चीनलाई आग्रह

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउन उपराष्ट्रपति पुनको चीनलाई आग्रह
अ+ अ-

उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो औपचारिक चीन भ्रमण अत्यन्तै फलदायी र सफल भएको बताए । उपराष्ट्रपति पुनको सचिवालयले जारी गरेको एक प्रेस नोटमा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र सहयोगलाई थप विस्तार गर्न मद्दत पु¥याएको उल्लेख छ ।

चीन सरकारका उच्चस्तरीय पदाधिकारी तथा सम्बन्धित पक्ष र अन्तराष्ट्रिय समुदायसमक्ष नेपालका आवश्यकतालाई स्पष्टरूपमा राख्नसमेत भ्रमणबाट सफलता मिलेको उल्लेख गर्दै भ्रमणका क्रममा भएका छलफलमा चिनियाँ पक्ष जलविद्युत, कृषि, पर्यटन, जडीबुटी, पूर्वाधार निर्माण, व्यापार, वैदेशिक लगानी, प्रविधि हस्तान्तरण लगायतका क्षेत्रमा पारस्परिक हितका लागि द्विपक्षीय सहयोग र सहकार्यलाई अझै फराकिलो बनाउन सकारात्मक रहेको जनाएको छ ।

उनले भ्रमणको अवसरमा सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तराष्ट्रिय मेलामा सहभागी हुनुका साथै द्विपक्षीय उच्चस्तरीय भेटघाट र विभिन्न ऐतिहासिक, सांस्कृतिक र व्यापारिक महत्वका स्थानको अवलोकनसमेत गरेका थिए ।

भ्रमणका क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री महामहिम हु चुङह्वाले छेन्दुमा शिष्टाचार भेट गरे ।

सो अवसरमा उपराष्ट्रपति र चीनका उपप्रधानमन्त्रीबीच नेपाल र चीनबीचको मैत्रीपूर्ण निकट सम्बन्धका विविध पक्षमा कुराकानी भएको प्रेस नोटमा उल्लेख छ । भेटमा उपराष्ट्रपतिले नेपालको एक चीन नीतिप्रतिको अविचलित प्रतिबद्धता व्यक्त गर्दै हालैका वर्षमा भएका द्विपक्षीय उच्चस्तरीय भ्रमण तथा सिमावारपार रेल्वे विकास, यातायात तथा पारवहन, बिआरआई जस्ता महत्वपूर्ण समझदारी र सम्झौताबाट दुई मुलुकबीचको ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलमा आधारित सम्बन्ध थप सुदृढ भएको धारणा व्यक्त गरे ।

उनले उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनु र भइरहेका सन्धि सम्झौताको कार्यान्वयनलाई तीव्रता दिनु र ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल लक्ष्य हासिल गर्नु नै नेपालको प्राथमिकता रहेको बताए ।

उपराष्ट्रपतिले नेपालको व्यापार घाटा कम गराउनका लागि नेपालको उत्पादन क्षमता विस्तार गर्न, तातोपानी, कोदारी, हिल्सा र ओलाङ्चुङ गोला नाका खोल्न, सडक निर्माण र ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउन आग्रह गरेका थिए ।

उनले चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि गरी नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पु¥याउन चिनियाँ पर्यटन व्यवसायी एवं उद्यमीलाई अनुरोध गर्नुभयो ।

साथै हिमालय वारपार बहुआयामिक सम्पर्क सन्जालको बृहत्तर फ्रेमवर्क्भित्र रही सहयोग अभिवृद्धि गर्न दुवै देश प्रतिबद्ध रहेकाले चिनियाँ सहयोगको लागिपनि उहाँले जोड दिए ।

यस्तै उपराष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका सिचुवान प्रान्त सचिव पेङ छिङह्वाले शिष्टाचार भेट गरे ।

सो अवसरमा उपराष्ट्रपति पुनले नेपालसँग भौगोलिक, सांस्कृतिकरूपले निकट तथा सिधा हवाई सम्पर्कले जोडिएको पश्चिमी चीनको आर्थिक तथा यातायात केन्द्रका रूपमा विकसित भइरहेको सिचुवान प्रान्तको विकास, आधुनिक प्रविधिको प्रयोग र सम्पर्क सञ्जालका योजनाबाट दुवै मुलुक लाभान्वित हुन सक्नेमा जोड दिए ।

उनले नेपालमा वैदेशिक लगानी मैत्रीपूर्ण वातावरण भएकाले चिनियाँ लगानी वृद्धि र प्रविधि हस्तान्तरणका लागि अनुरोध गरे ।