२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट दशैंका लागि अग्रिम टिकट बुकिङ



अ+ अ-

आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ शुरु भएको छ । यसअघि इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले टिकट बुकिङको कार्य रोकेका थिए ।

आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्नका लागि बसेको नेपाल यातायात व्यवसायी महासंघको बैठकले सो निर्णय गरेको हो ।

यसअघि ५ गतेदेखि नै टिकट बुकिङ गर्ने भनिएपनि व्यवसायीहरुले इन्धनको मूल्यवृद्धिका कारा उक्त काम रोक्दै आएका थिए । बिरोधपछि सरकारले १० प्रतिशत सवारी भाडा बढाएपछि महासंघले बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले घटना र बिचारलाई जानकारी दिए । उनका अनुसार समायोजनपछिको नयाँ भाडादर शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ ।

टिकट बुकिङको कार्य शुरु भएपछि दशैं, तिहार र छठका लागि काठमाडौंबाट बाहिरीने सर्वसाधरणहरु टिकट बुकिङका लागि बसपापर्क पुगेका छन् ।