३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास

बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास
अ+ अ-

काठमाडौँ, ९ असोज (रासस) ः ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान आजदेखि यहाँ शुरु भएको छ ।

नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्र कमाण्डद्वारा आयोजित उक्त अभ्यासमा नेपालसहित १४ मुलुकका सैनिक तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिको सहभागिता छ ।

चार दिने उक्त अभ्यासमा नेपाल, अमेरिका, श्रीलङ्का, मालदिभ्स, बङ्गलादेश, सिङ्गापुर, क्यानाडा, फिलिपिन्स, बेलायत, डेनमार्क, बेल्जियम, इजरायल, भारत र चीनका सैनिकको सहभागिता छ ।

नेपालको प्रदेश नम्बर ६ को दैलेख क्षेत्रमा ठूलो भूकम्प गएर त्यस क्षेत्रका सडक अवरुद्ध हुनाका साथै पुलहरूसमेत भत्केका र सुर्खेत विमानस्थलको पनि केही भाग क्षति भएको अनुमान गरी त्यस्तो अवस्थामा खोज, उद्धार र राहतका कार्यक्रम सञ्चालनबारे व्यावहारिक अभ्यास गरिने भएको छ ।

भूकम्पमा परेर घाइते भएकाको उपचारका लागि अस्पताल पनि तयारी अवस्थामा रहनुपर्ने भएकाले त्यसका लागि शिक्षण अस्पताल, ट्रमा सेन्टर, नर्भिक इन्टरनेशनल र ग्रीनसिटी अस्पताललाई उक्त अभ्यासका लागि छनोट गरिएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हुने उक्त अभ्यासमा ६४ विदेशी तथा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल स्काउट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल रेडक्रसलगायत मानवीय उद्धारका क्षेत्रमा कार्यरत संस्थाका समेत ३०० प्रतिनिधिको सहभागिता छ ।

यसअघि यस्तो तालीम सन् २०११, २०१३, २०१६ मा काठमाडौँ मै सञ्चालन भएको नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालय निर्देशक जीतबहादुर गुरुङले जानकारी दिनुभयो ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पपछिको खोज, उद्धार र राहतसहित घाइतेको उपचारका लागि बहुराष्ट्रिय सेनाको परिचालन र समन्वय निकै प्रभावकारी ढङ्गबाट भएको निष्कर्ष निकालिएको थियो । विसं २०७२को भूकम्पमा विमानस्थलमा क्षति नहुँदा धेरै व्यक्तिको ज्यान बचाउन सहयोग पुगेको थियो ।

नेपाल प्राकृति विपद्का हिसाबले जोखिम रहेकाले यस्ता प्राकृतिक प्रकोपका घटनापछिका उद्धार र राहतका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी तुल्याउन यस्ता अभ्यास निकै उपयोगी हुने विश्वास लिइएको छ । यस पटकको अभ्यास विमानस्थल, छाउनी, टुँडिखेल र विभिन्न अस्पतालमा सञ्चालन गरिनेछ ।

उक्त अभ्यास शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले ठूला खाले प्राकृतिक प्रकोपका घटनाले सामाजिक र आर्थिक क्षेत्रमा मात्र नभएर मानवीय विकासमा समेत ठूलो प्रभाव पार्नाकासाथै उपलब्ध जनशक्ति, स्रोत र साधनको प्रभावकारी परिचालनमा यस्ता तालीम कोशेढुङ्गा सावित हुने धारणा व्यक्त गर्नुभयो ।

नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत माइकल सि गुन्जालेस्ले बहुराष्ट्रिय सैनिक र बहुपक्षीय सरोकार संस्थाका प्रतिनिधि सम्मिलित विपद् व्यवस्थापन अभ्यासका क्रममा हुने अनुभव आदानप्रदानबाट ठीक समयमा ठीक खोज, उद्धार र राहतका कार्यक्रम सञ्चालन गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिका घटनापछिको खोज, उद्धार र राहतका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन र पूर्वतयारी गर्न सके पछि आइपर्ने ठूला जनधनका क्षति रोक्न सकिने धारणा व्यक्त गर्नुभयो ।

आगामी वर्षदेखि यस्तो अम्यास प्रदेशस्तरमा पनि सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ ।
–––