• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति ★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु ★   सङ्खुवासभा बाढीपहिरो: १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता ★   नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैन: माधवकुमार नेपाल

‘मिस्टर बिन’ कलाकार रोवन अट्किन्सनको मृत्युको झुटो खबरले इन्टरनेटमा हलचल



काठमाडौँ । मिस्टर बिनको भूमिकामा विश्वभर करोडौँ प्रशंसक बनाइसकेको हलिउड कलाकार रोवन अट्किन्सनका बारेमा आएको एउटा समाचारले प्रशंसकहरुलाई तनाव बनाइदियो । रोवनको ६६ वर्षको उमेरमा निधन भयो भन्ने समाचार थियो । सो समाचार आउने बित्तिकै प्रशंसकबीच तनाव उत्पन्न गर्यो र मानिसहरुले सामाजिक सञ्जालमा के साँच्चै रोवनको मृत्यु भएको हो भनेर सोध्न थाले । कतिले समाचारको सत्यताको अनुसन्धान नै नगरी उनलाई श्रद्धाञ्जलि दिन थाले । यसपछि सबैले रोवन अट्किन्सन सामाजिक सञ्जालमा ट्रेन्ड गर्न थाले । 
 
अहिले नयाँ समाचारले प्रशंसकहरुलाई राहत दिनसक्छ । मिस्टर बिनको निधनको खबरहरु सत्य नभएर हल्ला मात्र हो । उनी जीवित मात्र नभएर पूरै स्वस्थ पनि छन् । एक रिपोर्टका अनुसार अमेरिकी न्युज च्यानल फक्स न्युज भएको दाबी गर्ने एक ट्विटर ह्यान्डलले उनको मृत्युको खबर फैलाएको थियो । सोही ट्विटरबाट रोवनको मृत्युको समाचार आगोसरी फैलियो । सो नक्कली ट्विटर ह्यान्डलमा गरिएको ट्विटमा एउटा स्पाम लिङ्क पनि दिइएको थियो र सो लिङ्कमा क्लिक गर्ने मानिसहरु भावुक हुँदै सो स्पामको शिकार भए । यद्यपि रोवनको मृत्युको झुटो समाचार यसरी नै फैलिएको यो नै पहिलो पटक होइन । 

मिस्टर बिनका अतिरिक्त कयौँ कलाकारको मृत्यु भएको झुटो समाचार सामाजिक सञ्जालमा आइरहेका छन् । भारतीय सिनेमाका ट्रेजेडी किङ दिलीप कुमार पनि यस्तै हल्लाको शिकार कयौँ पटक भएका थिए । मिस्टर बिन पहिलोपटक टिभीमा सन् १९९० मा देखाइएको थियो । त्यसपछि विस्तारै रोवन विश्वभर चर्चित हुँदै गए ।