६ मंसिर २०८१, बिहीबार
,
Latest
नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि विआरआईबारे अनावश्यक विवाद गरेर नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको झलनाथको आरोप प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट उपत्यकामा तीनजना मृतावस्थामा भेटिए विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन नेप्से परिसूचक ३१.३१ अंकले गिरावट,कारोबार रकम ८ अर्ब रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सफल उद्यमी चन्द्र ढकालको ‘विजुली यात्रा’



अ+ अ-

एकराज पाठक
डुम्रे बजारबाट पश्चिम लागेपछि चन्द्र ढकालले सोधे– हँ गुरु सर, हामी यो बाटो हिँड्न लागेको नि ११ वर्ष भएछ है ? गुरुप्रसाद ढकालको जवाफ थियो– हो त हजुर ! ६४ सालदेखि हो, ११ वर्ष त पुगिसकेछ त । गत भदौ २७ गतेको यात्रा थियो लमजुङको ढोँडेनीसम्मको । त्यहाँ दोर्दीखोला जलविद्युतको ड्याम बन्दैछ र पावर हाउस मस्र्याङ्दी नदीमा । निर्माणस्थलको निरीक्षण यस पटकको भ्रमणको उद्देश्य थियो । साथमा थिए उक्त आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकाल र रसुवा कन्स्ट्रक्सनका राजेन्द्र आचार्य । आचार्यको जिम्मामा सुरुङ र अरु निर्माणको काम छ । ढकालको ११ वर्षमा धेरै कुरा लुकेको छ, त्यसको बोझ एकाध घन्टामा खोलेर खुल्दैन । हुनत आयोजनाको बिजुली बजलेपछि त्यो चिमले अरु धेरै अँध्याराहरु हराउँछन् होला । अनि त्यो उज्यालोमा यी अहिलेका र एघार वर्ष पुराना बोझ पनि विस्तारै हल्का हुनसक्छन् । तर आयोजना सञ्चालनमा नआउँदासम्म त बोझले थिच्ने नै भयो । किन र दाई यति लामो समय लाग्छ र जलविद्युत उत्पादन गर्न ? होइन, ‘कन्स्ट्रक्सन’ को काम थालेको त दुई वर्षमात्र भयो, त्यसअघि चाहिँ अरु नै– ढकालले भने । तर मलाई लाग्यो, मेरो केटौले प्रश्न थियो त्यो । त्यसैले जवाफ शब्दमा भन्दा पनि आसयमा पाएँ । तर जवाफ भने प्रसस्तै पाएँ उनको मुहार पढेर । लाग्यो, देशका एकजना उद्योगपतिले सबैकुरा छर्लङ्ग पार्न मिल्दैन, सक्दैनन् । सायद बिजुली निकाल्न बाँधेको बाँधजस्तै कस्सिएको हुनसक्छ उनको मनको बाँध । उनको मुहार पढ्दा लाग्थ्यो उनलाई त्यो ‘अरु नै’ को जवाफ दिन कठिन छ ।
त्यसपछि मैले मलाई नै सोधँे जलविद्युत उत्पादनका ‘अरु नै’ के के हुन्छन् अवरोध ? धेरै होलान् नि । नहुँदाहुन् त जलविद्युत उत्पादनमा विश्वकै दोस्रो धनी देशको क्षमताका हामी नेपाली किन १८ घन्टासम्म अँध्यारोमै बिताउनुपथ्र्यो र ? एकथोपा पनि तेल निकाल्न नसक्ने हामीले तेलदेखि सेलसम्मका लागि जान अन्जान कति मोलाहिजा सह्यौँ, सहँदै छौँ । एकाध वर्षअघिसम्म त दिनमा ६÷७ मात्र बिजुली देख्यौँ हामी । अनि एक्काइसौँ शताब्दिको राजधानी विना विजुली कसरी चलेहोला ? छिमेकको अर्घेल्याइँका बखत सरकारले पशुपतिनाथको दाउराका ठुटा बाँडेको दृश्य त झन सम्झिेमात्र पुग्छ । हो, हाम्रा आफ्नै कारणले पछि परिरहेका छौँ हामी । अरुण तेस्रोदेखि गन्दै आउँदा हाम्रा आफ्नै हातले धेरै बिराएका छन् । जलविद्युतका चुनौतीहरु भनेर अखबारहरुतिर बग्रेल्ती छापिएका हुन्छन् उद्यमीका व्यवधानहरु । कतै बन काट्न समस्या त कतै जग्गा प्राप्तिको । कतै पिपिए त कतै इआइए स्वीकृति आदि आदि । स्थानीयको चित्त बुझाउने काम फेरि उद्यमीको आफ्नै हो, त्यहाँ सरकारले सघाउँदैन । ठेकेदारको कामको अर्काे उल्झन छ । फेरि ठेकेदारहरु पनि कतै न कतै ज्ञात अज्ञात समस्याले सताइएकै हुन्छन् । यीनै हुन् यस क्षेत्रका नियमित आकस्मिकता । यस्तै होलान् चन्द्र ढकालका ‘अरु नै’ समस्या । र जसलाई र राजेन्द्र आचार्य र उनीजस्ता अरु ठेकेदारहरु पनि लाग्छ यस्तै संज्ञा दिने गर्छन् ।
डुम्रेदेखि ड्याम साइटसम्मको एकाध घन्टामा अभिव्यक्त उनीहरुका अनुभवहरुमा ‘नेपालको विकास किन हुन सकेन’ भन्ने शीर्षकमा ठूलै अनुसन्धान हुन सक्थ्यो । गुरु ढकाल नेपालका सरकारको प्रथम श्रैणीको इन्जिनियरिङ सेवाबाट सेवानिवृत्त । उनका अनुभवहरु पनि कम मूल्यका छैनन् । कैयौँ सय पृष्ठको ग्रन्थ तयार हुन्छ यस शीर्षकमा । लाग्छ, राष्ट्रसंघीय मोडेलका कैयौँ अन्तर्राष्ट्रिय कार्यशालाहरुका लागि अब्बल दर्जाका विकासे विज्ञहरुलाई पुग्ने थूपै्र कार्यपत्रहरु नै त्यसमा तयार हुन सक्थे । दिन पनि त्यस्तै परेको थियो । बिहान साढे ६ बजे कलंकी छोड्नुअगावै राजधानीका कैयौँ एफएमहरुले कराइसकेका थिए ‘पप्पु कन्स्ट्रक्सन कम्पनीको कामबारे’ का समाचार । सायद त्यस दिनको अखबारमा त्यो समाचार छापिएको हुनुपर्छ । बाटो थियो काठमाडौँकै लाइफलाइन­ कलंकी नागढुंगा । त्यहाँ नेपालको विकास निर्माणको अर्काे नमून भेटिन्छ । बाटो काट्ने विकासे गफको खाता यसैले खोलिदिएको थियो । कैयौँ समयदेखि दाँत ङिच्याउँदै नमिठो हाँसो फिस्स हाँसिरहेको छ यो मोडेलले पनि । नेपालको विकासको यो पछिल्लो मोडेल नेपालको अदालतसम्मै जोडिन्छ । विकासका काममा अदालतले हात हाल्न हुन्छ कि हुन्न भन्ने अर्कै विषय भएकोले यहाँ शब्द खर्चिनु त्यति सान्दर्भिक अहिले ठानिन । तर अव्यवस्था र अस्तव्यस्तताको अब्बल उदाहरण खोज्नुपर्यो भने हामीसँग यस्ता उत्कृष्ट उदाहरण अन्यत्र पनि भेटिन्छन् । त्यहाँ जनताले पाएको दुःख नाप्नुपर्छ चर्काे पीडा प्रसस्तै भेटिन्छन् ।
चन्द्र ढकाल नेपालका एकजना सफल उद्यमी हुन् । उनको सफल उद्यमशिलताको पछिल्लो चिनो हो चन्द्रागिरि केवलकार । यतिखेर बडो व्यस्त रुपमा चन्द्रागिरि डाँडोमा उक्लिरहेका यो केवलकारका तारहरु ढकालहरुले साना दुःखले आर्जेका भने होइनन् । उनीहरुले गोदामबाट भालेश्वर महादेवसम्म केवलकारका तारहरु ठड्याउँदै गर्दा देशमा भूकम्पको कम्पनले कहाली लागेको थियो । धर्ती नै हल्लिएपछि मानिसले थातथलोको आसै मेटिसकेका थिए । आजभोलि गर्दै भत्किएका घरका भग्नावशेषबाट हजारौँ शव निस्किँदै जाँदा देशभरि प्रतिदिन त्रास फैलिँदो थियो । राजधानीबासीहरु त्यसताका बाँच्ने जिजिविशाको मात्र खोजीमा थिए । उद्योग व्यवसायको त कुरै भएन । देशैभरि ठूलो क्षति भयो । विमा कम्पनीहरु टाट पल्टिने अवस्थामा पुगे । भौतिक संरचनाहरु धेरै ढले, देशको खरबौँको सम्पत्ति खरानी भयो । त्यस्तो अवस्थामा पनि यता राजधानीको धरहरासँगै मनहरु ढलिरहँला देशका व्यवसायीहरुका आत्मबलमा भने चन्द्र ढकालहरुले ठूलो मलम पट्टी लगाइदिएका थिए । मुलुकका उद्यमी व्यवसायीहरुलाई उनीहरुले सबैकुरा सकिएको छैन भन्ने सन्देश दिइरहेका थिए । यस्तो भूकम्पमाथि दक्षिणतर्फको अर्गेल्याईँको नाकाबन्दी थपिँदाको पीडालाई समेत विर्साउनेगरी उनीहरुले चन्द्रागिरि केवलकार समयमै सम्पन्न गर्न सफल भएका थिए । भूकम्प र नाकाबन्दीले गर्दा हामीले सकिएन, आयोजना अलपत्र प¥यो भनेर निराशा छर्नुपरेको थिएन । यसले देशका धेरै उद्यमीको आत्मबलमा मलम लगाइदिएको थियो । हामी विरामी परेका मात्र हौँ, थला परेका होइनौँ, उठ्न सक्छौँ भन्ने सन्देश चन्द्र ढकाल र उनको समूहमा रहेका उद्यमीहरुले दिएका थिए । यसरी देशका उद्यमी, व्यवसायीहरुले तङ्ग्रिनसक्ने सन्देश चन्द्रागिरि हिल्सको सफलताबाट प्राप्त गर्दा मुटु दरोपार्ने अवसर देशका उद्यमीहरुले पहिलो पटक पाएका थिए । यस हिसाबले पनि यस प्रालिका अगुवाहरुलाई सफल उद्यमी भन्न सकिन्छ ।
ढोँडेनी पारिपट्टीको कच्ची बाटोबाट ओरालो लागेपछि देखियो दोर्दीखेला । अनि चोर औँलो सोझ्याउँदै ढकालले भने­ उ त्यही हो हाम्रो पैसा बगाउने दोर्दीखोला । वर्षे भेल बगाउँदै हाम्रो नाकैमुनिबाट बगेको देखिन्छ दोर्दीखोला । र उनीहरु यहाँ आउन थालेको पनि लामै समय भएको अभिव्यक्तिबाट देखिन्छ । तल पुगेर ड्याम साइट निरीक्षणपछि ढकालले सोधे– कार्यकारी निर्देशक गुरु ढकाल र राजेन्द्र आचार्यसामु सोधे– अब कहिले बल्ला त विजुली ? दुवैको निष्कर्ष थियो– काम ७० प्रतिशतबाट माथि नै सकियो । कामले सत्तरीबाट उकालो लाग्दै गर्दा मलाई लाग्यो अब चन्द्र ढकालको हाँसो पनि मनबाट माथि उक्लिँदैछ । ओँठसम्म आइपुग्न अब अब धेरै लाग्दैन । बिजुलीको चिमको चमकले पु¥याउने छ उनको उज्यालो हाँसो ओँठसम्म । उज्यालो मानव जीवनको सफलताको प्रतिक हो । लाग्छ, यस्तै मेहनेती उद्यमीहरुका उद्यमशिलताले नै देश उज्यालो हुनेछ, देशको भविश्व उज्यालो हुनेछ ।