१२ आश्विन २०८१, शनिबार
,
Latest
कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँ आउनु अगावै ७५ प्रतिशत हवाई टिकट बुकिङ



अ+ अ-

राजधानी काठमाडौँबाट विभिन्न गन्तव्यमा उडान भर्ने वायु सेवाले ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको बताएका छन् ।

बुद्ध एयर, यती एयर, श्री एयर, सौर्य एयरलगायतले दशैँका लागि टिकट बिक्री गरिसकेको जनाएको छ । घटस्थापनासम्म सामान्य अवस्था र फूलपाती अघिसम्म केही सुगम गन्तब्यमा मात्र टिकट पाउन सकिनेछ । अष्टमी, नवमी र दशमीसम्म यात्रुले टिकट पाउने छैनन् । तुम्लिङटारलगायतका गन्तब्यमा दुईसाता अघि नै टिकट सकिएको वायु सेवा कम्पनीको भनाई छ ।

यती एयरलाइन्सको ७० प्रतिशत टिकट बुकिङ भइसकेको छ । कम्पनीका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले फूलपाती अघिसम्म सहज रुपमा टिकट पाइने उल्लेख गरे ।

यती एयरलाइन्सले तुम्लिङटार, भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, भरतपुर, पोखरा र नेपालगञ्जमा उडान भर्दै आएको छ । यतीको भगिनी संस्था तारा एयरले दूर्गम गन्तव्यमा उडान गर्छ । यतीसँग हाल तीन वटा एटीआर–७२–५०० र ६ वटा बीएई जेटस्ट्रीम ४१ विमानले उडान भर्नेछन् । यतीकै भगिनी संस्था तारा एयरसँग दुई वटा डोरनियर डीओ–२२८, दुई वटा ट्वीन अटर डीएचसी–३०० र २ वटा ट्वीन अटर भिकिङ ४०० सिरिज छन् ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार दशैँ लक्षित टिकट करीब सकिएको छ । फूलपाती अघिसम्म यात्रुले सहज रुपमा टिकट पाउनेछन् । यो कम्पनीसँग नौ वटा एटीआर र दुई विचक्राफ्ट विमान गरी ११ वटा विमान छन् ।

बुद्ध एयरले हाल १३ गन्तव्य भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।

श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले आफ्नो कम्पनीमा दशैँको ५० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको बताए । यात्रुको अवस्था हेरेर अतिरिक्त उडान थप्ने योजना रहेको पनि उहाँले बताउनुभयमे । श्री एयरसँग दुई ७० र दुई ५० सिट क्षमताका जेट इन्जिन विमान छन् ।

नेपाल वायु सेवा निगमको पनि कतिपय गन्तब्यमा टिकट सकिएको जनाएको छ । अन्य सुगम गन्तब्यमा भने धमाधम टिकट बुकिङ भइरहेको निगमका उपनिर्देशक शैलेश कंसाकारले जानकारी दिए । निगमले आन्तरिकतर्फ नौ वटा विमानले २३ भन्दा बढी गन्तब्यमा उडान भर्दै आएको छ ।

अतिरिक्त उडान थप्ने तयारी
दशैँमा यात्रुको चापलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीले अतिरिक्त उडान गर्ने तयारी गरेका छन् । तर यस्तो उडान आवश्यक गन्तव्य र विमानको पर्याप्तता हेरेर मात्र हुनेछ । बुद्ध, यती, श्री एयर, सौर्य एयरलाइन्सलगायतका आन्तरिक उडान भर्ने कम्पनीहरूले चाप भएका गन्तब्यमा उडान थप्ने जनाएका हुन् ।

यती एयरलाइन्सका प्रवक्ता राईले अतिरिक्त उडान थप्नेबारे अहिलेको अवस्थामा भन्न नसकिए पनि यात्रुको मागअनुसार अतिरिक्त उडान गरिने बताए ।

वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता घनश्याम आचार्यले गन्तव्यअनुसार ६० देखि ७५ प्रतिशत दशैँको टिकट बुकिङ भएको जानकारी दिए ।

सरकारले तोकेको न्यूनतम र अधिकतम भाडा दरअनुसारनै यात्रुलाई गन्तब्यमा लगिने उनको भनाई छ । चाडबाडमा यात्रुको बढी चाप हुने र एकतर्फीमात्रै यात्रु हुने हुँदा केही तलमाथि पर्नसक्ने प्रवक्ता आचार्यको भनाई छ ।

दशैँमा यात्रुको चाप, गन्तब्य र विमानको अवस्थालाई मध्यनजर गरी अतिरिक्त उडानको तयारी पनि गरिएको सङ्घले जनाएको छ । आन्तरिकतर्फ हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । –सीबी अधिकारी