२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथमा अशक्तका लागि निःशुल्क टेम्पो सेवा



अ+ अ-

पशुपतिनाथ क्षेत्रमा केही बर्ष अघि सरकारले सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय ग¥यो । सरकारको निर्णयलाई त्यतिवेला बृद्ध र अशक्त नागरिकप्रति ‘अनुदार’ बनेको भन्दै टिका टिप्पणी भयो । अहिले उनीहरुको सहजताका लागि भन्दै अन्ततः फेरी निःशुल्क टेम्पो सेवाको आरम्भ गरिएको छ ।

आइतबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीले औपचारिक शुभारम्भ गरेसँगै दुईवटा सफा टेम्पोले पशुपतिनाथ परिसरमा बृद्धबृद्धा र अशक्तलाई निःशुल्क रुपमा सेवा दिइरहेको छ । ‘यहाँ वातावरणमैत्री सफा टेम्पो सञ्चालनका लागि लक्ष्मी बैंकले आर्थिक सहयोग गरेको छ ।’ पशुपतिनाथ क्षेत्र विकास कोषका एक कर्मचारीले घटना । बिचारसँग भने, ‘सरकारले केही समय अघि यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएपछि वृद्ध तथा अशक्त भक्तजनलाई पशुपति दर्शनका लागि कठिनाई भएको थियो । तर अबदेखि उनिहरुलाई सहज हुने भएको छ ।’

दुई वटामात्र भएपनि विद्युतीय सफा टेम्पो चलाएर कोषले सर्वसाधारणको गुनासो सम्वोधनको प्रयास गरेको हो । टेम्पो सञ्चालनमा आएपछि केही हदसम्म बृद्ध र अशक्तलाई सहजता मिलेको छ । बृद्ध र अशक्तका लागि भन्दै केही बर्ष अघि यहाँ ह्वीलचेयरको व्यवस्था गरिएको थियो ।