२ भाद्र २०८३, मंगलवार
,
Latest
राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१८ महिला फुटबल, नेपाल र भारतबीच सेमिफाइनल अाज



अ+ अ-

काठमाडौँ, १९ असोज (रासस) : भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् । समूह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै नेपाल सेमिफाइलनमा पुगेको हो ।

समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो भने बङलादेशसँग २–१ गोलले पराजित भएको थियो ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा रानामगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् ।

हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास छन् ।




भर्खरै