९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलेजो पीडितलाई तीन लाख सहयोग



अ+ अ-

दमक, १९ असोज (रासस) : कलेजो खराब भएकी दमक–१ की ३८ वर्षीया सुवित्रामाया योङहाङलाई प्रवासबाट रु तीन लाख सहयोग जुटेको छ ।

हाल बेलायत निवासी पाँचथर याङवरकका सरला योङहाङ (काम्बाङ) र भाइ होमित योङहाङले बिरामीको उपचारका लागि रु तीन लाख सङ्कलन गरी रकम हस्तान्तरण गर्नुभएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का केन्द्रीय सचिव कमन देवान, केन्द्रीय पार्षद् विष्णु सुब्बा, डिकेश लामालगायतले बिरामीलाई नगद हस्तान्तरण गर्नुयो ।

दुई वर्षअघि कलेजोमा संक्रमण भएर उपचाररत योङहाङको पछिल्लो समय कलेजो काम नलाग्ने अवस्थामा पुगेको छ । उपचारका क्रममा रु तीन लाख ५० हजार बढी खर्च भएको र थप उपचार गर्न रकम नभएपछि घरमै राख्नुपरेको बिरामीका भाइ मुक्ति योङहाङले बताउनुभयो ।

बिरामीका श्रीमान सिन्धुपलाञ्चोकका राजकुमार तामाङ रोजागारीका क्रममा आठ वर्षअघि मलेसिया गएपछि हालसम्म सम्र्पकबिहीन भएको बिरामीकी बहिनी देउकलाले बताउनुभयो ।