१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलेजो पीडितलाई तीन लाख सहयोग



अ+ अ-

दमक, १९ असोज (रासस) : कलेजो खराब भएकी दमक–१ की ३८ वर्षीया सुवित्रामाया योङहाङलाई प्रवासबाट रु तीन लाख सहयोग जुटेको छ ।

हाल बेलायत निवासी पाँचथर याङवरकका सरला योङहाङ (काम्बाङ) र भाइ होमित योङहाङले बिरामीको उपचारका लागि रु तीन लाख सङ्कलन गरी रकम हस्तान्तरण गर्नुभएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का केन्द्रीय सचिव कमन देवान, केन्द्रीय पार्षद् विष्णु सुब्बा, डिकेश लामालगायतले बिरामीलाई नगद हस्तान्तरण गर्नुयो ।

दुई वर्षअघि कलेजोमा संक्रमण भएर उपचाररत योङहाङको पछिल्लो समय कलेजो काम नलाग्ने अवस्थामा पुगेको छ । उपचारका क्रममा रु तीन लाख ५० हजार बढी खर्च भएको र थप उपचार गर्न रकम नभएपछि घरमै राख्नुपरेको बिरामीका भाइ मुक्ति योङहाङले बताउनुभयो ।

बिरामीका श्रीमान सिन्धुपलाञ्चोकका राजकुमार तामाङ रोजागारीका क्रममा आठ वर्षअघि मलेसिया गएपछि हालसम्म सम्र्पकबिहीन भएको बिरामीकी बहिनी देउकलाले बताउनुभयो ।