२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुङ्गा–खानीखोला खण्डमा अस्थायी चौकी



अ+ अ-

काठमाडौँ, १९ असोज (रासस) ः नागढुङ्गा–खानीखोलामा सडक खण्डमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।
चाडबाड नजिकिएसँगै नाकामा हुने चोरी नियन्त्रण र सवारी जामलाई कम गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय धादिङको सहकार्यमा धादिङ र काठमाडौँको नाका सिक्रेखोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चाडबाडको समयमा घण्टौँ जामका कारण आफ्नो गन्तव्यस्थलसम्म पुग्न कठिनाइ हुने भन्दै जाम न्यूनीकरण गर्न, शान्ति सुरक्षाको प्रबन्ध गर्न साधन स्रोतसहित प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

“नागढुङ्गा–खानीखोला सडक खण्डका विभिन्न स्थानमा सडक खाल्डाखुल्डी भएको र ठूला मालवाहक सवारी साधन बिग्रिएर घण्टौँ जाम हुँदा समस्या परेकाले प्रहरी महानिरीक्षकको निर्देशनमा जनशक्ति खटाएका हौँ”, उहाँले भन्नुभयो ।
सोही स्थानमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा २३ जनशक्ति परिचालन गरिएको छ ।