२३ पुष २०८१, मंगलवार
,
Latest
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’ एमाले केन्द्रीय कमिटी बैठकः केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो, जवाफ दिँदै ओली भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्‍यो सगरमाथा क्षेत्र शासकीय जिम्मेवारी लिनेहरु संघीयताप्रति उदार बन्न सकेनन्ः महामन्त्री थापा बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी हुँदै भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति चीन भूकम्प अपडेटः मृतकको संख्या ९५ पुग्यो, १३० जना घाइते सरकारले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्छः निजी क्षेत्र भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो माओवादी पदाधिकारी बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुङ्गा–खानीखोला खण्डमा अस्थायी चौकी



अ+ अ-

काठमाडौँ, १९ असोज (रासस) ः नागढुङ्गा–खानीखोलामा सडक खण्डमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।
चाडबाड नजिकिएसँगै नाकामा हुने चोरी नियन्त्रण र सवारी जामलाई कम गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय धादिङको सहकार्यमा धादिङ र काठमाडौँको नाका सिक्रेखोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चाडबाडको समयमा घण्टौँ जामका कारण आफ्नो गन्तव्यस्थलसम्म पुग्न कठिनाइ हुने भन्दै जाम न्यूनीकरण गर्न, शान्ति सुरक्षाको प्रबन्ध गर्न साधन स्रोतसहित प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

“नागढुङ्गा–खानीखोला सडक खण्डका विभिन्न स्थानमा सडक खाल्डाखुल्डी भएको र ठूला मालवाहक सवारी साधन बिग्रिएर घण्टौँ जाम हुँदा समस्या परेकाले प्रहरी महानिरीक्षकको निर्देशनमा जनशक्ति खटाएका हौँ”, उहाँले भन्नुभयो ।
सोही स्थानमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा २३ जनशक्ति परिचालन गरिएको छ ।