• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

इन्टरपोलका अध्यक्ष सम्पर्कविहीन



इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता भएको उनकी श्रीमतीले जानकारी दिएकी छिन् ।
अध्यक्ष मेङ होङवेइकी श्रीमतीले आफ्ना ६४ बर्षिय श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक कार्यालयले शुक्रबार जनाएको छ ।

उनले सेप्टेम्बरको अन्तिम दिनदेखि आफ्ना श्रीमानरका बारेमा थप केही थाहा नपाएको जानकारी दिइन् । फ्रान्सको लियोनबाट चीन प्रस्थान गरेका मेङ चीन पुगेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

दुवै पक्षका अधिकारीहरूले उनको खोजी र थप अनुसन्धान भइरहेको पनि बताएको समाचारमा जनाइएको छ ।

इन्टरपोलले पनि आफ्ना अध्यक्ष वेपत्ता भएको बारेमा विज्ञप्ती प्रकाशित गरी सरोकारवालाहरूलाई जानकारी गराएको छ ।

‘फ्रान्स र चीनका सरोकारवाला अधिकारीहरूको हामी ध्यानाकर्षण गराउन चाहन्छौ,’ विज्ञप्तिमा भनिएको छ ।

अन्तराष्ट्रिय प्रहरी निकायको रुपमा रहेको इन्टरपोलले आफ्नो संयन्त्रलाई पनि उनको खोजीका लागि परिचलन गर्ने भएको छ ।

मेङ गत सन् २०१६ को नोभेम्बरमा इनटरपोलको अध्यक्ष निर्वाचित भएका थिए । उनको कार्यकाल आउँदो सन् २०२० सम्म रहेको छ ।