३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

वेस्ट इन्डिज भारतसामु निरीह, एक इनिङ र २७२ रनले पराजित

वेस्ट इन्डिज भारतसामु निरीह, एक इनिङ  र २७२ रनले पराजित
अ+ अ-

काठमाडाैं । भारतमा भएकाे वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा भारत एक इनिङ  र २७२ रनले विजयी भएको छ ।

भारतले फलो अनमा परेको वेस्टइन्डिजले दुवै पारी तेस्रो दिन नै समाप्त पारेकाे थियो । ६ सय ९४ रन बनाएर पहिलो पारी समाप्त गरेको भारतले दोस्रो पारी खेल्नै परेन ।

पहिलो पारीमा १८१ रन बनाएर अल आउट भएको वेस्टइन्डिज फलो अनमा पर्दै शनिवार दोस्रो पारी शुरु गरेको थियो । तर वेस्टइन्डिजले दोस्रो पारीमा जम्मा ५०.५ ओभर खेल्दै १९६ रनमा अल अाउट भएपछि  भारतलाई ठूलो अन्तरको सफलता हात लागेको हो ।

भारतलाई सफलता दिलाउन मोहम्मद सामीले ५ विकेट लिए भने रविन्द्र जडेजाले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट हात पारे । वेस्टइन्डिजका कायरन पवेलले ८३ रन बनाउनुबाहेक अरुले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले डेढ दिनमा विशाल योगफल तयार पारेको थियो । भारतका लागि डेब्यु टेस्ट खेलिरहेका पृथ्बी शाले १३४, कप्तान विराट कोहलीले १३९ तथा रविन्द्र जडेजाले नट आउट १ सय रन बनाएका थिए ।

वेस्ट इन्डिजलाई फलो अनमा पार्नका लागि भारतका  रविचन्द्रन आश्विनले ४ तथा मोहम्मद सामीले २ विकेट लिएका थिए । वेस्ट इन्डिजले पहिलो पारीमा १८१ रनमै समेटिए पछि ४६८ रनले पछि पर्दै फलो अनमा रहेर फेरि ब्याटिङ शुरु गरेको थियो ।