३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

सिजापतिले जिते शारीरिक सुगठनको उपाधि

सिजापतिले जिते शारीरिक सुगठनको उपाधि
अ+ अ-

काठमाडौँ : पन्ध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि मिलनविक्रम सिजापतिले हात पारेका छन् ।

नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको उक्त प्रतियोगिताअन्तर्गत ८० केजी तौल समूहभन्दामाथिको समूहबाट प्रतिष्पर्धा गरेका सिजापतिले उक्त तौल समूहको विजेता बन्दै फाइनल प्रवेश गरेका थिए । फाइनल राउण्डमा सिजापतिले छ प्रतिष्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् । उपाधिसँगै सिजापतिले रु पाँच लाख प्राप्त गरेका छन् ।

त्यस्तै महेश महर्जन द्वितीय, रामबहादुर दाहाल तृतीय, प्रवेश श्रेष्ठ चौथो, सञ्जीव श्रेष्ठ पाँचौँ, आशिष देवाजु छैटौँ र सुरेश खत्री सातौँ भए । उनीहरुले क्रमशः रु दुई लाख, एक लाख, ९० हजार, ८० हजार, ७५ हजार र ६० हजार प्राप्त गरे । ५५, ६०, ६५, ७०, ७०, ८०, ८० केजीमाथिका समूह विजेतालाई अन्तिममा प्रतिष्पर्धा गराई विजेता, उपविजेता छनोट गरिएको हो ।

समूह विजेता रु ३० हजार, उपविजेताले रु २५ हजार तृतीय हुनेले रु २० हजार प्राप्त गरे । प्रतियोगिताका विजेतालाई उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाली काङ्ग्रेसका नेता भीमसेनदास प्रधानलगायतले पदक तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

शुक्रबार भएको प्रिजजिङ राउण्डको ५५ केजी तौल समूहबाट भक्तपुरका कृष्ण दास दिवाकर, गोकर्णका सुजन गुरुङ, बुटवलका अनिल आले, बालाजुका आवाज प्याकुरेल, डेभिड बलामी र सरेश खत्रीले फाइनल चरणमा प्रवेश गरेका थिए । साठी केजी तौल समूहबाट गौरव श्रेष्ठ, यदु विश्वकर्मा, शैलेन्द्र शर्मा, सुजन तामाङ, मानबहादुर चौधरी र आशिष डेबाजु छनोट भएका थिए ।

त्यस्तै ६५ केजी तौल समूहबाट नेपालगञ्जका श्रीतोष चापाली, रोजित बज्राचार्य, विजेन्द्रमान श्रेष्ठ, विवेक विष्ट, सुपेन डङ्गोल, रामबहादुर दाहाल तथा ७० केजी तौल समूहबाट ढल्कुका उज्वल राज बज्राचार्य, किरण यादव, समीर श्रेष्ठ, बद्री श्रेष्ठ, किरण श्रेष्ठ र सन्दीप श्रेष्ठ पनि फाइनल चरणका लागि छनोट थिए ।

रोजित बज्राचार्य, विजेन्द्रमान श्रेष्ठ, विवेक विष्ट, सुपेन डङ्गोल, रामबहादुर दाहाल तथा ७० केजी तौल समूहबाट ढल्कुका उज्ज्वलराज बज्राचार्य, किरण यादव, समीर श्रेष्ठ, बद्री श्रेष्ठ, किरण श्रेष्ठ र सन्दीप श्रेष्ठ पनि फाइनल चरणको लागि छनोट भएका थिए ।

त्यस्तै ७५ केजी तौल समूहबाट झापाका ललित धिमाल, अशोक महर्जन, प्रवेश श्रेष्ठ, नवीन राना, सुरेश खड्का र प्रवेश केसी तथा ८० केजी तौल समूहबाट सर्खेतका विष्णु विश्वकर्मा, उज्ज्वल बज्राचार्य, महेश्वर मर्हजन, प्रविन शाही, विशाल कँडेल र यमन लामाले पनि फाइनलको चरणको यात्रा तय गर्न सफल भएका छन् । प्रतियोगितामा देशभरिबाट ४०० खेलाडीको सहभागिता रहेको नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो ।

धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको १५औँ संस्करणसम्म आइपुग्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ । शहीद धर्मभक्त माथेमाको सम्झनामा हरेक दुई÷दुई वर्षमा आयोजना गर्दै आइरहेको यो प्रतियोगिताको मुख्य उद्देश्य नयाँ खेलाडी उत्पादन गर्नु रहेको प्रधानले जानकारी दिनुभयो ।

श्रेष्ठलाई दीर्घसेवा पदक

सोही अवसरमा शारीरिक सुगठनका पूर्वखेलाडी शिवलाल श्रेष्ठलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मानित गरिएको थियो । श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले रु ५५ हजार ५५५ सहित सम्मानपत्रले सम्मान गर्नुभयो । शारीरिक खेलको विकास र विस्तारमा श्रेष्ठले पु¥याउनुभएको योगदानको कदर गर्दै उक्त सम्मान दिइएको हो ।