२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मरक्षाका लागि महिलाहरू सातदिने तालिममा सहभागी



अ+ अ-

कैलालीः  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने महिला हिंसाका घटनामा कमी ल्याउन महिला स्वयम तयार हुनु जरुरी रहेको बताउनुभएको छ ।

राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालले आज धनगढीमा आयोजना गरेको महिलाका लागि सातदिने आत्मरक्षा शिविरको उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो, “आधा धर्ती र आधा आकाश ओगटेर बसेका महिला जो आज समाजमा पीडित छन्, उपेक्षित छन्, हिंसामा छन्, तीनै महिलाको स्वाभिमान र आत्मरक्षा जोगाउन दृढ भएर लाग्न आवश्यक छ ।”

समारोहमा सामाजिकमन्त्री दीर्घबहादुर सोडारीले महिला हिंसा न्यूनीकरणका लागि सामाजिक न्यायसहितको समाज निर्माणमा प्रदेश सरकारबाट अधिकतम प्रयत्न गरिने बताउनुभयो ।

राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालका केन्द्रिय महासचिव प्रकाशकुमार चन्दले महिलाको लागि सात दिने आत्मरक्षाको तालिमबाट महिलामा आत्मविश्वासको अभिवृद्धि भई बलात्कार र हिंसाजस्ता अपराधिक घटनामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

यो आत्मरक्षा शिविर सुदूरपश्चिमको धनगढीबाट आजदेखि शुरु भई असोज २६ गते प्रदेश नं १ को बिर्तामोडमा समापन गरिने जनाइएको छ । आत्मरक्षा तालीममा सहभागीका लागि करीब एक हजार ७०० भन्दा महिला तथा बालबालिकाले फाराम भरेका छन् ।