५ पुष २०८२, शनिबार
,
Latest
साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आउँदो चुनावमा एमालेले दुईतिहाई ल्याउनेछ, कांग्रेस हाफ हुनेछ र माओवादी/माधव नेपाल पत्तासाफ हुनेछ’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनमा एमालले बहुमत ल्याउने बताएका छन् 

बुधबार युवा संघको साइबर सर्कल घोषणा कार्यक्रमलाई संबोधन गर्दै नेता बस्नेतले सो कुरा बताएका हुन् । 

उनले भने, ‘आउँदो चुनावमा एमालेले दुईतिहाई ल्याउनेछ, कांग्रेस हाफ हुनेछ र माओवादी र माधव नेपाल पत्तासाफ हुनेछ । यसमा कुनै दुविधा छैन । हामी निर्धक्क भएर अगाडी बढ्नुपर्नेछ ।’ 

यस्तै नेता बस्नेतले कांग्रेसतर्फ कटाक्ष गर्दै महाधिवेशनका लोकतान्त्रिक पद्धती मुक्कामा परिणत भएको र एक अर्कामा लडेर कांग्रेस समाप्त हुँदै गएको जिकिर गरे ।