२ भाद्र २०८३, मंगलवार
,
Latest
राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

हारकाे मुखबाट जाेगियाे म्यान्चेस्टर युनाइटेड



अ+ अ-

यस सत्रकाे इङ्लिस प्रिमियर लिग सिजन पनि म्यान्चेस्टर युनाइटेडका लागि त्यति सुखद नहुने अनुमान भइरहेकाे बेला गएराति खेलिएकाे एक खेलमा त्यस्तै हारबाट म्यान्यू जाेगिएकाे छ ।

न्यूक्यासलसँग खेल सुरू भएकाे १० मिनेटभित्रै दुइ गाेल खाएकाे म्यान्यूले अन्ततः ३-२ गाेल अन्तरले खेल जित्याे । म्यान्यूका लागि ९०अाैं मिनेटमा अलेक्सी सान्चेजले अास्ले याेङकाे क्रसमा नाटकीय ढंगबाट गाेल गरेका थिए ।

न्यूक्यासलका तर्फबाट केनेडी र याेसिनाेरी मुटाेले गाेल गरेका थिए । त्यसपछि पहिलाे हाफभित्र खासै प्रभावशाली खेल देखाउन नसकेकाे म्यान्यू अत्तालिएकाे र कमजाेर अवस्थामा देखिएकाे थियाे ।

तर स्थानापन्न खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका हुँवा माटाले ७०अाैं मिनेटमा फ्रिकिकबाट गाेल गरेका थिए भने त्यसकाे ६ मिनेटपछि एन्थाेनी मार्सियलले गाेल गरेका थिए ।

याे जितसँगै म्यान्चेस्टर युनाइटेड अाठ खेलमा १३ अंकका साथ अाठाैं स्थानमा उक्लिएकाे छ ।

अाज राति फूलामसँग अार्सनल, चेल्सीसँग साउथह्याम्पटन र म्यान्चेस्टर सिटीसँग लिभरपुलबीच खेल हुनेछ ।

प्रिमियर लिगकाे शीर्ष स्थानमा ७ खेलबाट १९ अंक बनाएकाे सिटी रहेकाे छ भने १९ अंक नै रहेकाे लिभरपुल दाेस्राे स्थानमा छ ।

 




भर्खरै