१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

बुढीगण्डकी स्वदेशी पूँजीमै बनाऊ: कांग्रेस

बुढीगण्डकी स्वदेशी पूँजीमै बनाऊ: कांग्रेस
अ अ+ अ-

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी पूँजीमै बनाउन आग्रह गरेको छ । आइतबार राति अबेर सकिएको बैठकले उक्त आयोजना अपारदर्शी रुपमा चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिएको भन्दै कांग्रेसले उक्त निर्णय आपत्तिजनक भएको बताएको छ ।

‘नेपाली जनताको लगानी सहभागिताको प्रक्रियासमेत आरम्भ भई अर्बौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय आउनुलाई नेपाली कांग्रेसले अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको छ’ कांग्रेसको निर्णयमा भनिएको छ ।

कुनै विधि प्रक्रिया नपुर्‍याई विना प्रतिस्पर्धा गलत मनसायले गेजुवालाई दिइएको भन्दै कांग्रेसले यो कदम राष्ट्रहित विपरीत भएको बताएको छ । ‘कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रक्रिया हुन्छन् र छन् । तर कुनै प्रक्रिया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुगी हामी आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ’ कांग्रेस बैठकको निर्णयमा भनिएको छ ।

सरकारको निर्णयले बुढीगण्डकी निर्माणको भविष्यलाई अनिश्चित बनाएको भन्दै कांग्रेसले विगतमा अध्ययन समितिले गरेको प्रतिवेदनको आधारमा स्वदेशी पूँजीमै बनाउन माग गरेको छ । ‘स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै परियोजना अघि बढाइनुपर्छ भन्ने नेपाली कांग्रेसको माग रहेको छ’ निर्णयमा भनिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना स्वदेशी पूँजीमै बनाउने विषयमा अध्ययन गर्न योजना आयोगका तत्कालिन उपाध्यक्ष स्वर्णिम वाग्लेको नेतृत्वमा एक समिति बनाएको थियो । उक्त समितिले सरकारले मुआब्जा र पुनर्बासका लागि आवश्यक रकम अनुदान दिने र स्वदेशका विभिन्न निकायको रकममा आयोजना बनाउन सकिने सुझाव दिएको थियो ।

निजगढमा रुख नकाट

नेपाली कांग्रेसले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल बाराको निजगढमा जंगलको रुख तत्काल नकाट्न आग्रह गरेको छ । विमानस्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाको रुख काट्न लागिएको भन्दै कांग्रेसले यसमा आफूहरुको विमति रहेको बताएको छ ।

‘विमान स्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति नेपाली कांग्रेसको गम्भीर विमति छ । आवश्यक पर्ने जग्गा, उत्पन्न विवाद प्रकरण, लगानी सुनिश्चितता तथा निर्माणको मोडालिटीका बारेमा राष्ट्रिय रुपमा गम्भीर छलफल गरेर निर्णयमा पुग्न, यसलाई विवादित बनाउनबाट रोक्न र समयमा नै निर्माण सम्पन्न गर्ने गरी गति बढाउन नेपाली कांग्रेस सरकारलाई अपील गर्दछ’ कांग्रेसको निर्णयमा भनिएको छ ।

त्यस्तै कांग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा नराख्न पनि सरकारलाई आग्रह गरेको छ । भौतिक पूर्वाधार नभएको, वातावरणीय दृष्टिले नमिल्दो ठाउँमा रहेको भन्दै कांग्रेसले राजधानी तोक्ने निर्णयमा पुनर्विचार गर्न माग गरेकोछ ।

‘यस निर्णयले उक्त स्थानमा भौतिक पूर्वाधारको निर्माण गर्न अरबौं लगानी हुन गई विकास निर्माणका सम्पूर्ण कार्य ठप्प हुने अवस्थामा छ । वातावरणीय दृष्टिकोणले वन क्षेत्र नास हुने तथा वन्यजन्तुको आवागमन अवरुद्ध भई पर्यावरणीय समस्या सिर्जना हुने विशेषज्ञहरुको राय छ’ कांग्रेसको निर्णयमा भनिएको छ ‘ ‍…तसर्थ, उक्त राजधानी गोदावरी न.पा. २ र ४ मा बनाउने गरी गरिएको निर्णयमा पुनर्विचार गर्नुपर्दछ ।’

नेपाल वायुसेवा निगमको वाइड वडी जहाज खरिद प्रकरण अपारदर्शी रहेको र ठूलो आर्थिक अनियमितता भएको विवरणहरु सार्वजनिक भएको भन्दै कांग्रेसले यस विषयमा गहिराईपूर्वक छानविन गरी यथार्थ जानकारी गराउन माग गरेको छ ।