३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

सांसद रामवीर मानन्धरद्वारा राजीनामाको घोषणा

सांसद रामवीर मानन्धरद्वारा राजीनामाको घोषणा
अ+ अ-

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

नेकपाका नेता वामदेव गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन उनले राजीनामा घोषणा गरेका हुन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा नेता मानन्धरले बुधबार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने स्पष्ट पारे ।

उनले आफ्नो चुनाव क्षेत्रमा वामदेव गौतमले उपनिर्वाचन नहार्ने पनि दावी गरे । पार्टीको बलियो संगठन रहेको र काठमाडौं ७ मा २० वर्ष अगाडिदेखि आफुले चुनाव जित्दै आएको उनले बताए । अबको निर्वाचनमा पनि जित्ने आधार भनेकै आफूले २० वर्षदेखि चुनाव जित्नु रहेको भन्दै मानन्धरले उपनिर्वाचनमा निराश हुनुपर्ने अवस्था नरहेको दावी गरे । ‘म २०४९ सालमा पार्टीको तर्फबाट वडाध्यक्ष जितेको हुँ । ०७० सालमा सांसद भएको हुँ र अहिले ०७४ सालमा पनि सांसद भएको हुँ ।’

नेता मानन्धरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफैले कन्भिन्स गरेर राजीनामा दिएको बताए । प्रचण्ड र वामदेवले भनेपछि राजीनामा दिएको हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘दुबै शीर्ष नेतालाई मैले कन्भिस गरेको हुँ । मेरो पार्टी हो नि !’

पार्टीको निर्णय अनुसार अगाडि बढ्ने भएकाले राजीनामा दिँदा कत्ति पनि दुखित नभएको भन्दै उनले पार्टीले चाहेको खण्डमा आफू मन्त्रीसम्म हुन सक्ने बताए । ‘राष्ट्रिय सभामा हुनु नहुनु पार्टीको निर्णय हो । पार्टीले निर्णय गर्छ भने दुई वर्षका लागि होइन ६ वर्षका लागि पनि हुन सक्छ । मन्त्री पनि हुन सक्छ’, उनले भने, ‘प्रधानमन्त्री त नहोला ।’

‘देश विकास गर्ने टिममा गौतमको आवश्यकता’

राजीनामाले जतासँगको सम्बन्ध नटुट्ने दावी गर्दै सांसद मानन्धरले जनताको अपेक्षाअनुसार विकास गर्नकै लागि नेता गौतमको आवश्यकता पार्टीले महसुस गरेको बताए ।

‘जनताको अपेक्षा भनेको विकास निर्माण हो । शान्ति र अमनचयनको कुरा छ’, उनले अगाडि भने, गत निर्वाचनमा वामदेवजीको सक्रियतामा झण्डै दुई तिहाइ प्राप्त भयो । र अहिले त्यो मान्छेको खोजी भयो ।’

जनताको आकांक्षाअनुसार निर्माण र विकास गर्ने टिममा गौतमको आवश्यकता परेकाले आफ्नो राजीनामा जनताप्रति सम्मान नै हुने उनले बताए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतामा महत्वपूर्ण भूमीका खेलेका नेता गौतमको संसदमा उपस्थिति अनिवार्य भएको उनको भनाई छ । ‘पार्टी एकता गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति कम्तीमा पनि संसदमा भयो भने, सहज हुन्छ र विकास निर्माणका लागि सहजता हुन्छ भन्ने हो ।’

नेता गौतमको योगदान र क्षमताको कदर गर्नुपर्ने भन्दै उनले अनावश्यक नसोच्न र गौतमको योगदान र क्षमताको मुल्याङ्कन हुनुपर्ने बताए ।