३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

गणेशमान फुटसल उपाधि काठमाडौँ ब्वाइजलाई

गणेशमान फुटसल उपाधि काठमाडौँ ब्वाइजलाई
अ+ अ-

काठमाडौँ, २३ असोज ः वीर गणेशमान दोस्रो स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उपाधि काठमाडौँ ब्वाइज क्लबले प्राप्त गरेको छ ।

नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको उक्त प्रतियोगितामा ढुकु फुटसल क्लबलाई ५–३ गोलअन्तरले पराजित गरी काठमाडौँ ब्वाइज क्लबले प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।

प्रथम हुने काठमाडौँ ब्वाइज क्लबले रु दुई लाख, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने ढुकु फुटसल क्लबले रु एक लाख, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी तेस्रो हुने गंगटा युवा क्लबले रु तीस हजार र प्रमाणपत्र, चौँथो हुने रेड फुटसल टिमले रु २० हजार र प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।

विजेता खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र वितरण गर्दै नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले युवाहरुलाई एकीकृत गर्न फुटसल प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

“पछिल्लो समय शहरी क्षेत्रका युवाहरुलाई फुटसलले आकर्षित गरेको छ, यसलाई देशव्यापी फैलाउनु जरुरी छ ”, उहाँले भन्नुभयो ।

पार्टीका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आन्दोलनबाट ल्याएको अधिकारलाई संस्थागत गर्नका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य जीवन डङ्गोलले लौहपुरुषको सम्झनामा तरुण दल वडाले ठूलो नगदराशीसहित फुटसलको आयोजना गरेर राम्रो कामको थालनी गरेको बताउनुभयो । तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का, पूर्व सांसद कौशर शाह, काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीलगायतले युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंंहको स्मृतिमा प्रतियोगिताको आयोजना गरेर उदाहरणीय कामको शुरुवात भएको बताउनुभयो ।

असोज १९ देखि सञ्चालन भएको उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका २२ समूहको सहभागीता थियो । गत वर्षदेखि शुरु भएको उक्त प्रतियोगिता आगामी वर्षमा रनिङ सिल्डका रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको तरुण दल–२६ का अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिनुभयो ।