४ असार २०८३, बिहीबार
,
Latest
नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ क्षेत्र नं १ को सभापतिमा शर्मा विजयी



अ+ अ-

बलेवा । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ मा चण्डीप्रसाद शर्मा विजयी हुनुभएको छ । प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै शर्मा विजयी हुनुभएको हो । शर्माले ५५४ मत प्राप्त गर्नुभएको छ भने थापाले ५५० मत मात्रै प्राप्त गर्नुभयो । सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोबिन्द पौडेल (गोपाल) र सहसचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी हुनुभएको छ । 

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट खुल्ला सदस्यतर्फ जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा कँडेल, प्रकाश शर्मा पौडेल, नवराज पौडेल, ओमकार थापा, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

खस आर्यबाट महिला सदस्यमा कमला पराजुली र भगवती शर्मा सापकोटा, खस आर्य खुल्ला सदस्यमा उमाकान्त पौडेल, नारायण शर्मा पौडेल र विष्णु शर्मा दारी विजयी हुनुभयो । आदिवासी जनजाति महिला सदस्यमा बेमकुमारी थापा, खुल्लामा वसन्तकुमार श्रेष्ठ र भीम श्रीषले चुनाव जित्नुभयो । दलित महिला सदस्यमा दुर्गादेवी विश्वकर्मा र दलित खुल्ला सदस्यमा सीताराम रसायली विजयी हुनुभयो । मुस्लिम, अपाङ्ग, अल्पसङ्ख्यकमा प्रेमबहादुर छन्त्याल निर्वाचित हुनुभएको छ । (रासस)