१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान



अ+ अ-
शताब्दी पुरुषलाई सम्मान

काठमाडौँ, २७ असोज (रासस) संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज सम्मान र अभिनन्दन गरिएको छ । नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव, अजम्बरी राष्ट्रिय सम्पदाको रूपमा चित्र गर्दै तीनकुने सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले आज यहाँ आयोजित समारोहमा उहाँलाई अभिनन्दन गरेको हो ।

विसं १९७७ मा वैशाख ३० गते जन्मनुभएका संस्कृतिविद् जोशीका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा छ दर्शनभन्दा बढी सिर्जनात्मक र अनुसन्धानात्मक कृति प्रकाशित छन् । काव्यकार, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार, कोशकार, समालोचक, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्धी कमाउनुभएका जोशीका लोकसाहित्य, लोकसंस्कृति, कला र कलाकार, पुरातत्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म र दर्शन आदि विषयका मौलिक र अनूदित कृति प्रकाशित छन् ।

वाङ्मय शताब्दी पुरुष जोशीले सङ्घका अध्यक्ष मदनकुमार शिवाकोटी, महान्यायाधिवक्ता अग्नि खरेल र प्रा डा कुमारप्रसाद कोइरालालाई सम्मान र अभिनन्दनपत्र प्रदान गर्नुभयो ।

समारोहमा वाङ्मय शताब्दी पुरुष जोशी र महान्यायाधिवक्ता खरेलले एकीकृत उपभोक्ता सङ्घको वार्षिक स्मारिक जमराको २३औँ अङ्कको लोकार्पण गर्नुभयो । उक्त स्मारिकामा धर्म, साहित्य, वातावरण, विकास, भूगोल, कृषि, चार्डपर्वलगायतका विषयमा विद्धानका लेख रचना समावेश गरिएको छ । सङ्घले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रमसमेत गरेको थियो ।